२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

प्रधानमन्त्री ओली बेइजिङमा  

 ‘बीआरआई फ्रेमवर्क’ मा छलफल हुँने : "  नेपालका झण्डै दर्जन प्रस्ताव "

आज चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङसँग भेटवार्ता

मंगलवार , मंसिर १८, २०८१

 

 काठमाडौँ, मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा चारदिने भ्रमणका लागि चीनको  बेइजिङ पुगेका छन् ।  सोमबार प्रधानमन्त्री ओली ३९ सरकारी र ४८ निजी क्षेत्रका सहित ८७ सदस्यीय प्रतिनिधि टोलीको नेतृत्व गर्दै बेइजिङ पुगेका हुन । 

 प्रधानमन्त्रीसहितको भ्रमण टोलीले हिमालय एयरलाइन्सको चार्टर विमानबाट  चीन पुगेका छन । बेइजिङ ओलीलाई क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ कम्युनिस्ट पार्टीका वैदेशिक मामिला उपमन्त्री सुन बेइदोङले स्वागत गरेका छन  । 

प्रधानमन्त्रीका रूपमा ओलीको यो तेस्रो चीन भ्रमण हो । यसअघि उनले २०७३ र २०७५ मा चीन भ्रमण गरेका थिए ।

प्रधानमन्त्री ओलीले आज, मंगलबार,  चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङसँग भेटवार्ता गर्दैछन । 

कान्तीपुर लेख्छ, चिनियाँ समकक्षी लीसँगको वार्तामा दुई मुलुक बीचका एजेन्डामा छलफल हुने तथा सहमति र सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

चीनको महत्त्वाकांक्षी परियोजना ‘बीआरआई’ को कार्यान्वयन सम्झौतामा हस्ताक्षर गर्नेरनगर्ने विषयमा नेपाली पक्षमा लामो समयसम्म अन्योल थियो ।

‘बीआरआई सहकार्य फ्रेमवर्क’ को मस्यौदामा सत्तारूढ दल कांग्रेस र एमालेबीच लामो गृहकार्य चल्यो । दुई दलको कार्यदलले ‘फ्रेमवर्क’ लाई टुंगो लगाएको थियो । 

त्यसपछि मात्र नेपाली पक्ष चीन भ्रमणका क्रममा ‘बीआरआईको फ्रेमवर्क’ मा हस्ताक्षर गर्ने निष्कर्षमा पुगेको हो । चिनियाँ पक्षले त्यसमा हस्ताक्षर गर्ने नेपाली पक्षको विश्वास छ । 

नेपालले २०१७ मै ‘बीआरआई’ को समझदारीपत्रमा हस्ताक्षर गरे पनि चीनले २०२० मा प्रस्ताव गरेको ‘बीआरआई कार्यक्रम कार्यान्वयन योजना’ मा भने हालसम्म हस्ताक्षर गरेको छैन ।

चीनले पठाएको मस्यौदामा संशोधन गरी नेपालले ‘बीआरआई सहकार्य फ्रेमवर्क’ तयार पारेको हो । 

प्रधानमन्त्री चीन उड्नु अघिल्लो दिन आइतबार मन्त्रिपरिषद् बैठकले उक्त ‘फ्रेमवर्क’ सहित चीनसँग हुने सहमति, सहकार्य र सम्झौताका एजेन्डा स्वीकृत गरेको छ ।

नेपालले चीनसँग प्रस्ताव गर्न अनुदानमा सञ्चालन गर्ने गरी सडक पूर्वाधार, सहरी विकास र उद्योग–व्यापारसँग सम्बन्धित दर्जन परियोजनाको सूची तयार पारेको छ । 

ती परियोजनामा टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमकोट सडक, किमाथांका–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग, काठमाडौं–हेटौंडा पोडवे, अमरगढी सिटी हल, जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन, काठमाडौं उपत्यका प्रसारण लाइन स्तरोन्नति, मदन भण्डारी विश्वविद्यालय, काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम, दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क र झापा स्पोर्ट्स एन्ड एथलेटिक्स कम्प्लेक्स छन् ।

‘हामीले दुई मुलुकबीच सहकार्य र सहमतिका लागि दस्ताबेज तयार पारेका छौं, कुन–कुन विषयमा सहमति हुन्छ, मंगलबारको द्विपक्षीय वार्तापछि थाहा हुनेछ,’ भ्रमण दलका एक सदस्यले भने । 

प्रधानमन्त्री ओलीले मंगलबारै चिनियाँ जनकंग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेट्नेछन् । 

ओलीले बुधबार पेकिङ विश्वविद्यालयको कार्यक्रमलाई सम्बोधन गर्नेछन् । सोही दिन नेपाल–चीन बिजनेस फोरमले आयोजना गर्ने कार्यक्रममा पनि प्रधानमन्त्रीको सम्बोधन हुनेछ । 

बेइजिङस्थित नेपाली दूतावासले बुधबारै गर्ने एक कार्यक्रममा पनि प्रधानमन्त्री ओली सहभागी हुनेछन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार