२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

एनपिएलः खेलाडी ललितले लिए पहिलो विकेट

शनिवार , मंसिर १५, २०८१

काठमाडौँ,मङ्सिर ।  नेपालमा पहिलो पटक आयोजना भएको नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो विकेट लिने खेलाडी ललित राजवंशी बनेका छन् । 
 
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपूरमा आज भएको पहिलो खेलमा जनकपुर बोल्टस्का बलर राजवंशीले विराटनगर किङ्ग्सका ब्याटर लोकेश बमको विकेट लिएका हुन् । ललितले एनपिएलको पहिलो बलमै लोकेशको विकेट लिएका हुन् ।
यस्तै एनपिएलमा पहिलो चौका प्रहार गर्ने खेलाडी लोकेश बनेका छन् । लोकेश छ बलमा एक चौकासहित पाँच रन बनाएर आउट भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार