२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

महामन्त्री शर्माले भने  : "  कांग्रेसलाई दबाउन खोज्ने आफैं समाप्त हुन्छन "

बिहिवार , मंसिर ६, २०८१

 

रौतहट, मंसिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई कसैले दबाउन खोजे आफैं समाप्त हुने बताएका छन् ।बिहीबार रौतहटको ईशनाथ नगरपालिका-७ मा आयोजित पार्टीको चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधनका क्रममा उनले कांग्रेसकै कारण देशमा राणा शासन र राजतन्त्रको अन्त्य भएको दाबी गर्दै आफ्नो पार्टीलाई बलियो बनाउनुपर्ने बताए ।
 
'कांग्रेस ठूलो इतिहास बोकेको पार्टी हो,' उनले भने, 'कांग्रेसलाई कसैले दबाउन खोजे आफैं समाप्त हुन्छ । राणा र राजतन्त्रविरुद्ध लडेको पार्टी हो ।'

कांग्रेसले राणा र राजा फालेर देशमा इतिहास रचेको भन्दै उनले मंसिर १६ गते हुने उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारहरुलाई अत्यधिक मत दिएर विजयी बनाउन मतदातालाई आग्रह गरे ।

 उनले कांग्रेससँग मधेसको विशेष सम्बन्ध रहेको समेत उल्लेख गरे । मधेसको विकास र समृद्धिका लागि कांग्रेसलाई जिताएर अझै मजबुत एवं शक्तिशाली बनाउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिना, कांग्रेसका मधेस प्रदेश सभापति कृष्णप्रसाद यादव, मधेस प्रदेशका अर्थमन्त्री जितेन्द्रप्रसाद यादवलगायतले बोलेका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार