२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

' गुटबन्दीको अन्त्यले कांग्रेस बलियो  हुन्छ ' :  उपप्रधानमन्त्री सिंह

शनिवार , मंसिर १, २०८१

 

मोरङ, मंसिर । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले पार्टीलाई सुदृढ बनाउन गुटबन्दी अन्त्य गर्नुपर्ने बताएका छन् ।

शनिबार जिल्ला कार्यसमिति मोरङले पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टी व्यवस्थापन नै अहिले कांग्रेसको लागि मूल चुनौती रहेको बताए ।

उनले यसैगरि अब पार्टी नचल्ने भन्दै कांग्रेसलाई बलियो बनाउन पार्टीलाई व्यवस्थित गरेर लैजानुपर्नेमा जोड दिए ।

' पार्टी व्यवस्थापन नै कांग्रेसको चुनौती हो । ग्रुपिजम न्यूनिकरण गर्दै जानुपर्छ,  कांग्रेस पूर्वमहामन्त्रीसमेत रहेका सिंहले भने ।

पार्टीमा आफूले सधैँ वरिष्ठतालाई मानेको भन्दै उनले १४औँ महाधिवेशनमा वरिष्ठताकै आधारमा आफूले सभापति दाबी गर्दा पूर्वमान्यताबाट केही नेता विचलित भएको बताए ।

आफ्नो अनुकूल हुँदा वरिष्ठता भन्ने र प्रतिकूल हुँदा वरिष्ठता केही होइन भन्ने प्रवृत्ति १४औँ महाधिवेशनमा देखिएको भन्दै उनले आफ्नो स्वभाव वरिष्ठतालाई सम्मान गर्ने र पार्टीमा सबैसँग मिलेर काम गर्ने रहेको दाबी गरे । 

आउँदो महाधिवेशनमा के गर्ने भन्दा पनि पार्टी संगठनलाई कसरी बलियो बनाउनेतर्फ आफ्नो ध्यान रहेको सिंहको भनाई थियो ।

उपप्रधानमन्त्री सिंहले ७ बुँदे सहमतिको जगमा वर्तमान सरकार बनेको भन्दै राजनीतिक स्थिरता र आर्थिक समृद्धिकै लागि सरकारले काम गरिरहेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार