२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

संबिधान संसोधन बहस

 प्रधानमन्त्रीले भने  : " संविधान संशोधन गर्न छलफलमा छौँ  "

 ‘आर्थिक स्थितिमा क्रमिक सुधार आइरहेको छ, अहिले आत्तिइहाल्नु पर्ने अवस्था छैन ’

सोमवार , कार्तिक २६, २०८१

 

विराटनगर, कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संसोधनका विषयमा दलहरुबीच छलफल भइरहेको बताएका छन् ।  सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग ओलीले भने,‘दलहरुबीच छलफल जारी, संविधान संशोधन हुन्छ ।’ 

एक अर्को प्रसंगमा ओलीले देशको आर्थिक स्थिति क्रमिक रुपमा सुधार हुँदै गएको जिकिर गरे । ‘आर्थिक स्थितिमा क्रमिक सुधार आइरहेको छ, अहिले आत्तिइहाल्नु पर्ने अवस्था छैन ।’

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३ औं दिक्षान्त समारोहमा सहभागी बन्न ओली आएका हुन् । करिव ८ वर्षपछि दिक्षान्त समारोह हुन लागेको हो । सन् २०१६ यता बीपीमा दिक्षान्त समारोह हुन सकेको थिएन । 

ओलीले विभिन्न संकायका ६५७ जना विद्यार्थीहरु दीक्षित गर्ने जनाइएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार