२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

'सरकार जनताको पिरमर्का चाँडो सम्बोधन गर्न लागेको छ' : उपप्रधानमन्त्री सिंह

सोमवार , कार्तिक १२, २०८१

 

चितवन, कात्तिक । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि वर्तमान सरकार बनेको बताएका छन् ।

नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको दिपावली विशेष कार्यक्रममा राजनीतिक स्थिरता र स्थायित्व दिएर जनताको पिरमर्कालाई चाँडो सम्बोधन गर्नेतर्फ अहिलेको सरकार लागिपरेको बताए । 

सरकार लामो समयसम्म टिकाउनका लागि पनि वर्तमान सत्ता समिकरण बनेको उनको भनाइ थियो ।

उपप्रधानमन्त्री सिंहले भने, 'विधिको शासन कायम गर्नेतर्फ हाम्रो प्रयास रहन्छ ।' फरक प्रसङगमा उनले कांग्रेसलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिए ।

' पार्टीभन्दा पनि व्यक्ति र समूहलाई महत्व दिँदा हामी गन्तव्यमा पुग्न सक्दैनौँ ।  पार्टीभित्रको चुनौती भनेको व्यवस्थापन कार्य नै हो,' उपप्रधानमन्त्री सिंहले भने । 

नेपाली कांग्रेसको नेतृत्वबाट जारी सङ्घीय लोकतान्त्रिक समावेशी संविधानको भावना र मर्म अनुसार त्यसलाई अक्षरशः पालना गरेर त्यसको आधारमा राजनीतिक स्थायित्व कामय गर्दै विकासलाई सँगै लैजानुपर्ने उनले उल्लेख गरे ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले क्रान्तिकारी परिवर्तनदेखि राज्यलाई नयाँ ढङ्गबाट अगाडि बढाउन कांग्रेस सक्षम रहेको बताए । 

यसका लागि सबै सङ्गठित भएर अघि बढ्नुपर्ने उनको सुझाव थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार