२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

' जी - ७' बैठक निर्णय

रोक्का रुसी सम्पत्तिबाट युक्रेनलाई ५० अर्ब डलर ऋण दिने 

शनिवार , कार्तिक १०, २०८१

 

वासिङ्टन, कात्तिक । संसारका सबैभन्दा धनी राष्ट्रको समूह जी ७ (जिसेभन) का नेताहरूले रोक्का राखिएको रुसी सम्पत्तिबाट भएको नाफाबाट कियभलाई सहयोग स्वरुप ५० अर्ब डलर दिने अन्तिम निर्णय गरेको एक विज्ञप्तिमार्फत शुक्रबार घोषणा गरेका छन् ।

सात धनी प्रजातान्त्रिक समूहका नेताहरूले यस वर्षको अन्त्यसम्ममा ऋण वितरण सुरु गर्ने लक्ष्यका साथ लगभग ५० अर्ब डलर ऋण कसरी वितरण गर्ने भन्ने कुरामा सहमति भएको बताएका छन् ।

“युक्रेनको बजेट, सैन्य र पुनर्निर्माणलाई सहयोग गर्न धेरै च्यानलमार्फत ऋण वितरण गरिनेछ”, जी७ नेताहरूले बताएका छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैङ्कले आयोजना गरेको बैठकका लागि यस हप्ता वासिङ्टनमा विश्व वित्तीय नेताहरू भेला भएपछि उनीहरूको यो घोषणा आएको हो ।

“युक्रेनलाई आवश्यक पर्ने समर्थन दिने हाम्रो सङ्कल्पबाट हामी पछि हट्ने छैनौँ”, समूहले प्रतिबद्धता जनाएको छ । 

उनीहरूले मस्कोलाई आफ्नो युद्ध अन्त्य गर्न र युक्रेनलाई भएको क्षतिको मूल्य चुकाउन पनि आह्वान गरेका छन् । एएफपी

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार