२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

आइसिसी विश्वकप लिग–२   : नेपाली टोलीको घोषणा

शनिवार , कार्तिक १०, २०८१

 

आइसिसी विश्वकप लिग–२   : नेपाली टोलीको घोषणा

काठमाडौँ, कात्तिक  । अमेरिकामा शनिबारदेखि सुरु भएको आइसिसी एक दिवसीय विश्वकप लिग–२ सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार साँझ रोहितकुमार पौडेलको कप्तानीमा दुई अतिरिक्तसहित १७ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । 

टोलीमा कुशल भुर्तेल, आशिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी हुनुहुन्छ । 

यस्तै देव खनाल र सागर ढकाललाई अतिरिक्त खेलाडीमा राखिएको छ । 

अमेरिका, नेपाल र स्कटल्यान्ड सम्मिलित यस सिरिजमा नेपालले आफ्नो पहिलो खेल आइतबार अमेरिकासँग खेल्नेछ । 

नेपालले दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग, नेपालले तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कात्तिक १९ गते स्कटल्यान्डसँग खेल्नेछ ।

लिगमा आठ खेलबाट तीन अङ्क बनाएको नेपाल सातौँ स्थानमा छ । 

आठ देश सहभागी लिग–२ मा नेपाल यसअघि क्यानडामा आयोजक क्यानडा, नेपाल र ओमान सम्मिलित त्रिकोणात्मक सिरिज खेलेर अमेरिका गएको हो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार