२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

संयुक्त राष्ट्रसङ्घका प्रमुख रुस भ्रमणमा  : ' युक्रेनमा शान्तिको आग्रह '

बिहिवार , कार्तिक ८, २०८१


 
कजान (रुस), कात्तिक  । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आयोजना गर्नुभएको ब्रिक्स नेताहरूको बैठकमा युक्रेनमा ‘न्यायपूर्ण शान्ति’ को आह्वान गरेका छन ।  

उहाँ पुटिनले किएभमाथि पूर्णस्तरको सैन्य आक्रमण सुरु गर्नुभएको केही हप्तापछि सन् २०२२ अप्रिलयता पहिलो पटक रुसमा हुनुहुन्थ्यो । 

“हामीलाई युक्रेनमा शान्ति चाहिन्छ । संयुक्त राष्ट्रसङ्घीय घोषणापत्र, अन्तर्राष्ट्रिय कानून र महासभाका प्रस्तावहरु अनुरुप न्यायपूर्ण शान्ति”, गुटेरेसले ब्रिक्स नेताहरूको गोलमेच बैठकमा बताए ।

उनले मध्यपूर्वमा पनि शान्तिको आह्वान गर्दै गाजामा ‘तत्काल युद्धविराम’ र लेबनानमा ‘तत्काल शत्रुताको अन्त्य’ हुनुपर्ने बताए । 

“विश्वव्यापी चुनौतीहरुको सामना गर्न विश्व परिवारका रुपमा काम गर्ने राष्ट्रहरुको समुदाय चाहिन्छ” महासचिव गुटेरेसले आफ्नो प्रारम्भिक टिप्पणीमा भने ।

उनले आफ्नो कुरा सकेपछि पुटिनले कठोर जवाफ दिए । “महासचिव महोदयले हामी सबै एउटै ठूलो परिवारका रुपमा बस्नुपर्छ भने, परिवारमा दुर्भाग्यवश प्रायः झगडा, स्क्यान्डल, सम्पत्तिको बाँडफाँट र कहिलेकाहीँ लडाइँ पनि हुन्छन्”, उनले मुस्कुराउँदै भने, “ब्रिक्सको लक्ष्य आवश्यक अन्तरक्रियाका संयन्त्रहरु सिर्जना गर्नु र साझा घरमा अनुकूल वातावरण सिर्जना गर्नु हो ।”

युक्रेनले पुटिनलाई ‘अपराधी’ भन्दै गुटेरेसको रुस भ्रमणको निर्णयको निन्दा गरेको थियो । महासचिव गुटेरेसले बिहीबार पुटिनसँग द्विपक्षीय वार्ता गर्दैछन । 

वार्तामा उनले युक्रेनबारे आफ्नो अडान दोहोर्याउने उनका प्रवक्ताले बताएका छन् ।  एएफपी

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार