२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

स्वास्थ्य मन्त्रालय भन्छ

देशभर डेंगुको सङ्क्रमण  : '  ११ जनाको मृत्यु, करिव २२ हजारमा सङ्क्रमण '

काठमाडौँ र कास्कीमा धेरैमा सङ्क्रमण देखिया, हुम्लामा शून्य 

मंगलवार , कार्तिक ६, २०८१

 

काठमाडौँ, कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ११ जना डेंगु सङ्क्रमितको मृत्यु भएको छ  भने २२ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको जनाएको छ । 

स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्क अनुसार हुम्लाबाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । 

ईडिसिडीको तथ्याङ्क अनुसार ७६ जिल्लामा २२ हजार ८२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। 

ईडिसिडीको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले कास्कीमा सबैभन्दा बढी सङ्क्रमण पुष्टि भएको  जानकारी दिएका छन ।  त्यसपछि काठमाडौँ र कास्कीमा धेरैमा सङ्क्रमण देखिएको छ।  

दाहालका अनुसार काठमाडौंमा तीन हजार ५९४, कास्कीमा तीन हजार हजार १८८, तनहुँमा दुई हजार १९५, पर्वतमा एक हजार ५८८, चितवनमा एक हजार २९, ललितपुरमा ९६८, बागलुङमा ८२१, गोरखामा ७७२, भक्तपुरमा ६२४, कैलालीमा ४०८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको दाहालले जानकारी दिए ।  

प्रदेश अन्तर्गत गण्डकी, बागमती र कोशी प्रदेशमा सबैभन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशमा नौ हजार ५३१, बागमती प्रदेशमा सात हजार ७६८, कोशी प्रदेशमा एक हजार ६४६ जनामा डेंगु पुष्टि भएको छ। 

यसैगरी, लुम्बिनी प्रदेशमा एक जहार ३४८, सुदूरपश्चिम प्रदेशमा एक हजार ६५, कर्णाली प्रदेशमा तीनसय र मधेश प्रदेशमा ४२४ जनामा डेंगु पुष्टि भएको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार