२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नेपाल कम्युनिष्ट पार्टी माओबादी

अध्यक्ष दाहालले भने : ' प्रधानमन्त्री ओली भ्रष्टाचारीको संरक्षक भन्ने पुष्टि गरे '

सोमवार , कार्तिक ५, २०८१

 

जुम्ला, कात्तिक । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारीको संरक्षक भएको आरोप लगाएका छन् ।

सरकारी जग्गा जबर्जस्ती व्यक्तिका नाममा लैजाने व्यवसायीबाट जग्गा दान लिएर ओलीले भ्रष्टाचारीको संरक्षण गरेको दाहालको आरोप छ ।

प्रेस सेन्टर जुम्लाले सोमबार सिंजा कनकासुन्दरीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा दाहालले कांग्रेस र एमाले गठबन्धनमा ओलीको नेतृत्वमा सरकार गठन भएदेखि नै यो सरकार भ्रष्टाचारीलाई बचाइरहेको बताए ।

आफूले भ्रष्टाचारीलाई जोगाउन ओलीको नेतृत्वमा सरकार गठन भएको भनेको कुरा प्रधानमन्त्री ओलीले पुष्टि गरेको दाहालको भनाइ थियो ।

मैले उतिबेला नै भनेको थिएँ, यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो, भ्रष्टाचारलाई प्रोत्साहन गर्न बनेको हो, सरकार गठनको तीन महिना पुग्दैछ, तपाईंहरूले सबै देखिरहनुभएको छ, दाहालले भने, ' मेरो नेतृत्वको सरकारले जसलाई राज्यको जमिन जबर्जस्ती व्यक्तिको नाममा लाने जस्तो ठगी गरेको कारणले गिरफ्तार गरेको व्यवसायी, उनलाई अदालतमा मुद्दा चलाइएको छ ।

त्यस्ताबाट दानको नाममा जग्गा लिने काम प्रधानमन्त्रीले गरेपछि प्रधानमन्त्रीको काम भ्रष्टाचारलाई प्रश्रय दिने हो भन्ने कुरा आफैंले पुष्टि गरेको स्थिति छ । दाहालले सरकारको नेतृत्व गरिरहेको एमालेले व्यवसायी मीनबहादुर गुरुङबाट १० रोपनी १४ आना जग्गा दानमा लिएको प्रसंग उल्लेख गरेका हुन् ।

गुरुङले एमालेको केन्द्रीय कार्यालय दानमा बनाइदिने घोषणा गरेका छन् । उक्त जग्गामा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीसँगै गुरुङले केन्द्रीय कार्यालय शिलान्यास गरेका थिए । गुरुङ अदालतबाट भ्रष्टाचारी ठहर भएका व्यक्ति हुन् भने उनीविरुद्ध अदालतमा अन्य मुद्दा विचाराधीन छन् ।

सरकारले गर्नुपर्ने काम नगरेको र नगर्नुपर्ने काम गरिरहेको पूर्वप्रधानमन्त्री दाहालको भनाइ थियो । उनले अब सरकार गठन भएको सय दिन पूरा भएपछि विरोधका कार्यक्रम सुरु गर्ने पनि जानकारी दिए ।

सरकारले जतिसुकै नराम्रो काम गरे पनि हामीले ' हनिमुन पिरियड' मानिने सय दिनसम्म प्रतिनिधिसभाबाट खबरदारी वक्तव्य दिनेबाहेक अन्य विरोधका कार्यक्रम गरेका छैनौं ।

आज मात्रै हामी विपक्षी दलहरूका तर्फबाट सरकारलाई ज्ञापनपत्र दिँदैछौं र सय दिन पुगेपछि विरोधका कार्यक्रम सुरु हुन्छन्,' उनले भने ।

सरकारले देशभित्र भ्रष्टाचारका विरुद्ध, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा तथा अन्तर्राष्ट्रिय रुपमा नेपालमा प्रतिष्ठा अभिवृद्धि गर्न पहलकदमी लिइरहेका बेला संसद्का पहिलो र 'देशमा महत्त्वपूर्ण उपलब्धि भइरहेका बेला, हामीले भ्रष्टाचारीलाई कारबाही बढाउँदै लगेको देखेपछि, खासगरी नक्कली भुटानी शरणार्थीसँग सम्बन्धित केही फरार अभियुक्तलाई गिरफ्तार गरेपछि बुढानीलकण्ठ र बालकोटमा निकै ठूलो भूकम्प गयो र रातारात अस्वाभाविक रुपमा सरकार बनाइयो,' उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार