२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

'सरकारले बडीमालिकाको विकासमा लगानी गर्नुपर्छ ' : राष्ट्रपति पौडेल

बिहिवार , कार्तिक १, २०८१

 

बाजुरा, कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले बडीमालिका नेपालकै एक अलौकिक धरोहरका रुपमा रहेको भन्दै यस क्षेत्रको विकासका लागि सरकारले उचित लगानी गर्नुपर्ने बताएका छन् ।

उनले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त रहेकोमा बडीमालिका त्यसैको एउटा रुप भएको बताए ।

बिहीबार बडीमालिका दर्शन गरेर त्यहाँ बनेको नाट्यश्वरी मन्दिरको नयाँ भवनको उद्घाटनका क्रममा राष्ट्रपति पौडेलले बडीमालिका क्षेत्रको दर्शन र अवलोकन गरेर आफूलाई स्वर्गको अनुभूति भएको बताए ।

'जुरामा बडीमालिका जस्तो ऐतिहासिक, धार्मिक, साँस्कृतिक र प्राकृतिक हिसावले महत्वपूर्ण सम्पदा भएर पनि विकासका हिसावले पछाडि परेको छ, स्रोत र साधनका लागि अथाह सम्भावना बोकेको यो भूमिको विकासका लागि राज्यको उचित ध्यान जानु आवश्यक छ,' राष्ट्रपति पौडेलले भने ।

राष्ट्रपति पौडेलले त्रिवेणी नगरपालिका- ७ मा बनेको नाटयश्वरी मन्दिरको नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।

उनले बडीमालिका क्षेत्रमा आएर प्रकृतिको अनुपम दृश्य देख्न पाउँदा आफूलाई जीवनको सबैभन्दा ठूलो तीर्थस्थलमा आएको महशुस भएको बताए ।

'जब मैले बडीमालिकामा उभिएर चारैतिर प्रकृतिको अनुपम र मनोरम जुन छँटा देखेँ, मलाई म स्वर्गमा आएको महसुस भयो, मैले जीवनको सबैभन्दा ठूलो तीर्थस्थलमा आएको महसुस गरेको छु ।

'उनले भने, ' नाट्यश्वरी देवीको मन्दिर प्राङ्गणमा उभिएर देवीलाई सम्झेर म भन्न चाहन्छु, यहाँ रहेको प्रकृतिको छँटाबाट साँच्चैको स्वर्ग कस्तो हुन्छ भन्ने पहिलो पटक हेर्न पाएको छु।'

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार