२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

दोहोरो नागरिकता 

प्रधानमन्त्री ओलीले भने  : " समस्याबारे गम्भीर छलफल आवश्यक "

बुधवार , आश्विन २३, २०८१

 

काठमाडौँ, असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक भएको बताएका छन् । 

गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेपछि पनि संविधानले दिएको आर्थिक र सामाजिक अधिकार प्रयोगमा समस्या भइरहेको गैरआवासीय नेपाली संघका पदाधिकारीले गुनासो गरेपछि प्रधानमन्त्री ओलीले दोहोरो नागरिकताकै विषयमा गम्भीर छलफल आवश्यक रहेको बताएका हुन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेपछि अधिकार उपभोगमा समस्या भइरहेको सुनासो गरिरहेका थिए ।

संघका अध्यक्ष बद्री केसीले ‘एनआरएनए नागरिकता’ प्राप्त भएपछि आर्थिक र सामाजिक काममा पनि त्यसको प्रयोगमा समस्या रहेको गुनासो प्रधानमन्त्री ओलीसमक्ष गरेका थिए । 

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले ुएक पटकको नेपाली सधैँको नेपाली हुने भए पनि विदेशको नागरिकता लिएपछि नेपालमा राजनीतिक अधिकार प्रयोग गर्न नमिल्नेु बताएका थिए । 

ओलीले दोहोरो नागरिकता समस्याको समाधानका लागि गम्भीर छलफल आवश्यक पर्ने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

एनआरएनएको स्थापनापूर्वदेखि नै नेपालको समृद्धिमा गैरआवासीय नेपालीको भूमिकाका लागि आफू लागेको उनको भनाइ थियो । 

संघलाई राजनीतिक आधारमा नभई सबै गैरआवासीय नेपालीको साझा संस्थाका रुपमा अघि बढाउन पनि उनले सुझाव दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार