काठमाडौं, असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पहलमा चार हजार ३३१ जनाको बाढी, पहिरो र डुबानमा परेकालाई उद्धार गरेको बताएका छन ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।
उनले सरकारले केही गरेर भन्नु भन्दा पनि उद्धारमा गरेको पहललाई प्राथमिकता दिएर हेर्न अनुरोधसमेत गरे ।
प्रधानमन्त्री ओलीका तर्फबाट मुख्यसचिव एकनारायण अर्यालले पत्रकार सम्मेलनमा प्रस्तुत गरेको विज्ञप्तिमा विपद्का कारण दुईसय २४ को मृत्यु, २४ बेपत्ता र १५८ घाइते तथा उच्च जोखिममा रहेका चार हजार ३३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइसकिएको उल्लेख छ।
विपाद्को घटनाबाट काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरसहित २१ जिल्ला बढी प्रभावित भएका छन्।
प्रधानमन्त्री ओलीले यही असोज ११ र १२ गतेको अविरल वर्षा, बाढी, पहिरो र डुबानका पीडितलाई राहत रकम वितरण कार्य प्रारम्भ सुरु भएको तथा खोज, उद्धारको कार्य दुई दिनभित्र गरिसकिने जनाएका छन ।
प्रधानमन्त्री ओलीले घाइतेको निःशुल्क उपचार गरिने र विपद्पछि फैलनसम्कने सम्भावित रोगको रोगथाम र नियन्त्रणका लागि आवश्यक प्रबन्ध गरिएको जानकारी दिए ।
क्षतिग्रस्त भएका खानेपानी, सडक, टेलिफोन, विद्युत आदि सेवा सञ्चालनका लागि प्रक्रिया सुरु गरिएको पनि उनले जनाए ।