२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

मनसुनी अपडेट  

पछिल्लो २४ घण्टा  :  'देशभर बर्षा, झापासहितका ६ जिल्लामा भने भारी वर्षा '

इलाम, पाल्पा, मोरङ, सप्तरी र उदयपुरमा पनि भारी वर्षा

शुक्रवार , आश्विन ११, २०८१

काठमाडौँ, असोज । बिहीबारदेखि देशभर निरन्तर बर्षा भएको छ । मनसुनी वायुको प्रभावले देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भइरहेको डेमोखबर प्रदेश ब्यूरोले जनाएका छन ।

जल तथा मौसम विभागले जनाए अनुसार देशका विभिन्न जिल्लामा अति भारी वर्षा भएको जनाएको छ । विभागको बाढी पूर्वानुमान महाशाखाले  देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा १६ ठाउँमा वर्षाले चेतावनी तह पार गरेको जनाएको छ ।

चन्द्रगढीमा सबैभन्दा बढी २६३ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै केचनामा पछिल्लो २४ घण्टामा २२२ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै कोशी प्रदेश डेमोखबर ब्यूरोका अनुसार, इलाममा अहिले निरन्तर अति भारी वर्षा भएको छ ।

इलाममा पछिल्लो २४ घण्टामा २३७ मिलिमिटर वर्षा भएको छ । झापाको गौरादह र अनारमनी बिर्तामा पनि २ सय मिलिमिटर भन्दा बढी वर्षा मापन भएको छ ।

त्यस्तै, डेमोखबर गण्डकी प्रदेश ब्यूरोका अनुसार, पाल्पाको जाल्पा र अर्चलेमा समेत धेरै भारी वर्षा भएको छ । जाल्पामा पछिल्लो २४ घण्टामा १४८ र अर्चलेमा १५३ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै मोरङ, सप्तरी र उदयपुरमा समेत पछिल्लो २४ घण्टामा धेरै वर्षा भएको छ ।

एक दिनमै १ सयदेखि २ सय मिलिमिटर पानी पर्दा त्यसलाई भारी वर्षा भन्ने गरिन्छ । त्यस्तै, मौसम बिज्ञान बिभागका अनुसार, २४ घण्टाको अवधिमा २ सय मिलिमिटर भन्दा बढी पानी परेमा त्यसलाई अतिभारी वर्षा भन्ने गरिन्छ ।

त्यसैगरी, ५० मिलिमिटरदेखि १ सय मिलिमिटरसम्मलाई सामान्य, १० मिलिमिटरदेखि ५० मिलिमिटरसम्मलाई मध्यम र १० मिलिमिटरभन्दा कमलाई हल्का वर्षाका रूपमा वर्गीकरण गरिन्छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार