२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

इतिहासकै महत्त्वपूर्ण क्षणमा -' विश्व ' : " फेरि भूराजनीतिक प्रतिद्वन्द्वी उब्जियो "

आणविक द्वन्द्वको अवस्था पहिलेभन्दा ठूलो देखिन्छ’ : प्रधानमन्त्री ओली

शुक्रवार , आश्विन ११, २०८१

न्युयोर्क, असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व इतिहासकै महत्त्वपूर्ण क्षणमा रहेको बताएका छन् । संयुक्त राष्ट्र संघको ७९औं महासभाको उच्चस्तरीय छलफललाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बिहीबार धनी र गरिब बीचको भिन्नता, सद्भाव र घृणा, आर्थिक विकास र वातावरणीय विनाश आजको जस्तो चर्को अवस्था कहिल्यै नभएको उल्लेख गरे ।

उनले मानिस र पृथ्वी दुवै जलवायु प्रकोपको संकटमा उभिएको बताए । साथै, भूराजनीतिक प्रतिद्वन्द्वी फेरि उब्जिएको प्रधानमन्त्री ओलीको भनाइ थियो । हतियारहरू आदान-प्रदानका साथै सैन्य खर्च पनि बढिरहेको छ, उनले भने, 'आणविक द्वन्द्वको अवस्था पहिलेभन्दा ठूलो देखिन्छ ।

प्रधानमन्त्री ओलीले सम्बोधनकै क्रममा अर्थतन्त्र कमजोर रहेकै अवस्थामा कोभिड- १९ महामारीले पारेको असरबाट सुस्त रूपमा जुधिरहेको बताए । उनले उदारीकरण र भूमण्डलीकरणले दिनु पर्ने फाइदा उठाउनुअघि नै राष्ट्रवाद र संरक्षणवादको पुनः उदय भएको उल्लेख गरे ।

औद्योगीकरण र आधुनिकीकरणको ३ सय वर्षको यात्रापछि पनि २१औं शताब्दीको तथाकथित हाम्रो सभ्य संसारमा धन र समृद्धि धेरैजसो उत्तरी गोलार्धका मुलुकहरूको हातमा केन्द्रित भएको तथा दक्षिण गोलार्धको पनि विशेषगरी विश्वका कम विकसित मुलुकहरूमा गरिबी र विपन्नता अत्यधिक केन्द्रित रहेको कुरा गहिरो चिन्ताको विषय हो, ओलीले सम्बोधनमा भने ।

उनले यी प्रकोपहरू पार गर्न, अर्थपूर्ण सहयोग र सहकार्यलाई बढावा दिने नेतृत्व प्रदर्शन हामीले गर्नु पर्ने प्रस्ट पारे । प्रधानमन्त्री ओलीले सामूहिक इच्छाशक्ति र एकताबद्ध कार्यबाट मात्रै हामीले गलत कुरालाई हटाएर सबैका लागि दिगो शान्ति र साझा समृद्धिको युगमा प्रवेश गर्न गर्ने उल्लेख गरे ।

हामीले समिट अफ द फ्युचर मार्फत वर्तमान र भावी पुस्ताका लागि सुरक्षित, न्यायपूर्ण र दिगो विश्व निर्माण गर्ने हाम्रो प्रतिबद्धतालाई फेरि जोड दिएका छौँ,' उनले भने । प्रधानमन्त्री ओलीले तीन ओटा महत्त्वपूर्ण विषय ' भविष्यको सन्धि; भविष्यको पुस्ताको घोषणा ' र 'ग्लोबल डिजिटल कम्प्याक्ट' लाई स्वीकार गरेको पनि जानकारी दिए ।

उनले भने, ' हामीले वर्तमान र भावी पुस्ताको हितका लागि यी दस्तावेजहरू कार्यान्वयन गर्ने हाम्रो दृढ संकल्प प्रदर्शन गर्नुपर्छ ।' साभार : कान्तीपुर

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार