२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

‘आर्ट अफ लिभिङ्ग नेपाल’ : ' २२ महिलालाई ‘ह्याप्पिनेस प्रोग्राम’

शुक्रवार , आश्विन ११, २०८१

 

काठमाडौँ, असोज । आजभन्दा ४२ वर्ष अघिदेखि विश्वका १८६ देशमा संजाल रहेको ‘द आर्ट अफ लिभिङ्ग’को नेपाल ईकाईले योग, ध्यान र साधनाको माध्यमबाट जिवन जिउने कला सिकाउने सिलसिलामा काठमाडौंको तारकेश्वर नगरपालिकाको गोलढुंगामा ४ दिने ‘ह्याप्पिनेस प्रोग्राम’ कार्यक्रम सम्पन्न गरेको छ । 

घरेलु महिला कामदार, एकल महिलाहरूको समुहलाई लक्षित गरी संचालित उक्त कार्यक्रममा २२ जना लक्षित समुहका  सहभागी थिए । उक्त कार्यक्रमका प्रशिक्षक अच्युत राज गौतम, सैलेन्द्र हमाल र मुख्य प्रशिक्षक निभा माथेमा प्रधानले ४ दिनसम्म प्रशिक्षण गरेका थिए ।   

जीवनको महत्व र जिवन जिउने कलामा योग ध्यान र साधनाको उपादेयताबारे बिशेष प्रशिक्षण प्रदान गरेका थिए ।  

उक्त कार्यक्रमको समापन पछि सहभागीहरूले आफ्नो प्रतिक्रिया दिंदै कार्यक्रमले मन प्रफुल्लित भएको र तनाब व्यवस्थापनमा सहजता हुने र व्यायम र सुदर्शन क्रियाले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने धारणा ब्यक्त गरेका थिए ।  

कार्यक्रम समापनपछी बोल्दै मुख्य प्रशिक्षक निभा माथेमा प्रधानले नेपालमा भविष्यमा पनि यस्ता कार्यक्रमकहरू संचालन गरी लक्षित समुदाय र वर्गलाई सेवा पुर्याउन र स्वस्थ समाज निर्माणमा लाग्न आर्ट अफ लिभिङ्ग नेपाललाई प्रेरणा मिलेको धारणा व्यक्त गरेका थिए । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार