२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक :  उदयपुरको घुर्मीमा नयाँ शाखा

शुक्रवार , आश्विन ४, २०८१

 

काठमाडौं,  असोज । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले उदयपुरको घुर्मीमा नयाँ शाखा विस्तार गरेको छ । 

बैंकले उदयपुर जिल्ला कटारी नगरपालिका वडा नम्बर १४ मा मंगलबारदेखि घुर्मी शाखा सञ्चालनमा ल्याएकोे हो । 

बैंकका कोशी प्रदेश प्रमुख श्री यशपाल कुमार तिब्रेवालले नयाँ शाखाको उद्घाटन गरे ।  यस नयाँ शाखाबाट ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु दिने उनले बताए । 

मंगलबारदेखि नै नयाँ शाखाबाट सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ । 

हाल बैंकको २७४ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ७७ वटा शाखा रहित बैंकिङ र २६६ वटा एटीएम रहेको छ । शाखा सञ्जाल बैंकको वेबसाइटबाट पनि हेर्न सकिन्छ  । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार