काठमाडौँ, असोज । गरिमा विकास बैंक लिमिटेडको भदौ ३१ मा बसेको सञ्चालक समिति बैठकले यस बैंकमा सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत श्री अनिल रेग्मलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।
विकास बैंकको सञ्चालक समितिले गरिमा विकास बैंक लिमिटेडमा विगत २ वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत चार्टड एकाउन्टेन्ट अनिल रेग्मीलाई आजदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरको हो ।
नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मी गत चैत्र १५ देखि यस बैंकको कम्पनी सचिवको जिम्मेवारी समेत सम्हाल्दै आउनु भएको थियो ।
नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीसँग तत्कालिन जनता र सेन्चुरी कमर्शियल बैंक लिमिटेडमा ११ वर्षसहित बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तहका रही करिब १३ बर्ष कार्य गरको अनुभव रहेको छ ।
बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुपूर्व लेखापरीक्षण तथा कन्सल्टेन्सी पेशामा आवद्ध रेग्मीसंग बैंकिङ्ग लगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुको लेखापरीक्षण कार्य गरको अनुभव समेत रहेको छ ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।
सो कुरा प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय प्रेषित बिज्ञप्तिमा जनाइएको छ ।