२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नेकपा माओवादी केन्द्र

अध्यक्ष दाहालले भने  : ' सरकार बनाउने र भत्काउने खेलमा  लाग्दैनाै '

आइतवार , भाद्र ३०, २०८१

 

झापा, भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार बनाउने र भत्काउने खेलमा नलाग्ने बताएका छन् ।

माओवादी केन्द्र झापाले आइतबार बिर्तामोडमा गरेको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनले अब माओवादी सरकारमा जाने र नयाँ समीकरण बनाउने पक्षमा नरहेको बताए ।

'नेकपा माओवादी केन्द्र अब जनतासँग जाने र जनतालाई सङ्गठित गर्दै अघि बढ्ने काममा लाग्छ । सत्ताको खेलमा लाग्दैन,' अध्यक्ष दाहालले भने । 

उनले नेकपा (एमाले) र नेपाली कांग्रेससहितको सरकार अगाडि बढ्ने र फेरि आफूहरूसँग मिल्न नआइदिए हुन्थ्यो भन्ने लागेको धारणा राखे ।

उनले गलत विचार र प्रवृत्तिविरुद्ध झापाबाटै पुनः विद्रोह सुरु हुन सक्ने चेतावनी दिए। 

२०२८ सालको ' झापा बिद्रोह' को स्मरण गरेका दाहालले त्यही आन्दोलनबाट उठेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध उनकै गृह जिल्लामा कडा शब्द बाँण प्रहार गरे । उनले भने,'ओलीलाई सुधार्न धेरै कोसिस गरियो । तर सम्भव भएन ।'

उनले एमाले नेतृत्वलाई सुधार्न निकै कोसिस गरेको, मिलेर चुनाव लड्ने प्रस्ताव समेत राखेको बताए । 

'पार्टी एकता पनि भयो । तर, ओलीजी संविधान मिचेर दलालसँग मिलेर पार्टीभित्रै अन्तर्घात गर्नेतर्फ अग्रसर हुनुभयो ।' 

पछिल्लो पटक वामपन्थी एकताले जनमत बढ्नुका साथै जनचाहना समेत सम्बोधन हुने अवस्था थियो । तर अहिले पनि एक्कासी उहाँले नै घात गर्नुभयो,' उनले भने ।

कार्यक्रममा पुराना कम्युनिष्ट नेता झापा बिर्तामोडका लोकबन्धु कन्दङवासहित विभिन्न पार्टीबाट नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका जनाइएको छ । कन्दङ्वा तत्कालीन अनारमनी नगरोन्मुख गाविसका उपाध्यक्ष हुन् । 

कार्यक्रममा पार्टी अध्यक्ष दाहालसहित उपमहासचिव तथा कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेलले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार