२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नेपाली कांग्रेस

महामन्त्री शर्माले भने : " राजनीतिकमा स्थिरता दिन संविधान संशोधन "

आइतवार , भाद्र ३०, २०८१

 

हेटौँडा, भदौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधान संसोधन मुलुकमा राजनीतिक स्थिरता कायम राख्नका लागि गरिने बताएका छन् ।

'संविधान पश्चागमनका लागि होइन, अग्रगमनका लागि संसोधन हुन्छ, अग्रगमनका लागि गरिने संशोधनका लागि नेपाली कांग्रेस तयार छ,' उनले भने ।

केन्द्रीय स्थानीय तह समन्वय विभागले हेटौँडामा आइतबार गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै महामन्त्री शर्माले संविधान संशोधनको नेतृत्व नेपाली कांग्रेसले नै लिनुपर्ने बताए ।

उनले भने, मुलुकमा ठूलारठूला राजनीतिक परिवर्तन कांग्रेसकै नेतृत्वमा भएका छन् । अब मुलुकको रुपान्तरणको जिम्मेवारी पनि कांग्रेसले नै लिनुपर्छ ।

महामन्त्री शर्माले नयाँ राजनीतिक दलहरूले समेत जनताको चाहनाबमोजिम काम गर्ने लय नसमातेको भन्दै कांग्रेस नै नागरिकको सबैभन्दा विश्वासिलो साथी भएको दाबी गरे ।

'दल नयाँ भएर हुँदैन, प्रवृति र चिन्तन नयाँ चाहिन्छ । त्यो नेपाली कांग्रेससँग छ,' उनको दाबी थियो । मकवानपुरका स्थानीय तहका जनप्रतिनिधि सहभागी कार्यक्रममा महामन्त्री शर्माले जन्मदेखि मृत्युसम्म कांग्रेसका जनप्रतिनिधिहरूले नागरिकको घर आँगनमा पुगेर साथ दिनुपर्ने बताए ।

उनले चुनावमा उम्मेदवारका रुपमा गाउँमा पुग्दा गरेका प्रतिबद्धता र घोषणापत्रका बाचा पूरा गर्ने गरी काम गर्न समेत निर्देशन दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार