२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

साफ यू–२० च्याम्पियनसिप 

बंगलादेश फाइनलमा  : "  अब नेपाल र बंगलादेश भिड्दै "

सोमवार , भाद्र १०, २०८१

 

काठमाडौँ, भदौ । साफ यू–२० च्याम्पियनसिपको फाइनलमा नेपालले बंगलादेशको सामना गर्ने भएको छ ।  सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बंगलादेशले भारतलाई टाइब्रेकरमा ४–३ ले हराएको छ ।

बंगलादेशका लागि दोस्रो रोजाइका गोलरक्षक मोहम्मद हासिफले दुई बचाउ गरे र आफ्नो टिमलाई जित दिलाए । फाइनल खेल बुधबार हुनेछ ।

निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगेको थियो र यससँगै प्रतिस्पर्धा सिधै पेनाल्टी सुटआउटमा प्रवेश गरेको थियो ।बंगलादेशले ३६ औं मिनेटमा अग्रता लिएको थियो । 

राबी हुसेनको प्रहार भारतीय गोलरक्षक प्रियान्स दुवेले राम्रोसँग क्लियर गर्न सकेनन् र त्यसमै फर्केको बलमा असदुल मुल्लाले गोल गरे ।

भारतले ७५ औ मिनेटमा बराबरी गोल फर्काको थियो । कप्तान ग्वामस्वायर गोयरीले शक्तिशाली प्रहार गर्दै गोल गरेका हुन् ।

 बंगलादेशका पहिलो रोजाइका गोलरक्षक मेहदी हुसेन घाइते भएर मैदान छाड्न बाध्य रहे र उनको स्थानमा मोहम्मद आसिफले खेलेका थिए ।

खेलको अन्त्यतिर बंगलादेश दस खेलाडीमा सीमित रहेको थियो । उसका कामासाई मारमा दोस्रो पहेँलो कार्डमा मैदान छाड्न बाध्य रहे । 

प्रतियोगिताको पहिलो सेमिफाइनलमा पनि नेपालले भुटानलाई टाइब्रेकरमै पराजित गरेको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार