२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

यू- २० साफ च्याम्पियनसिप

भुटानलाई हराउँदै नेपाल यू- २० च्याम्पियनसिपको फाइनलमा

आइतवार , भाद्र ९, २०८१

 

काठमाडौँ, भदौ । नेपालले भुटानलाई टाई ब्रेकरमा हराउँदै नेपाल यू-२० साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।  नेपालले आइतबार भुटानलाई ४-१ ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

नेपाली गोलरक्षक जियारथ सेखले भुटानका दुई प्रहार जोगाए र आफैं निर्णयक गोल गरेका हुन् ।

सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलको ९० मिनेट १- १ को बराबरीमा समाप्त भएपछि सिधै पेनाल्टी सुट आउटमा गएको हो ।

भुटानले ५६ औं मिनेटमा अग्रता लिएको थियो ।  पेनाल्टी एरियाबाहिरबाट जेत्सुन दोर्जेले शक्तिशाली प्रहार गर्दै सुन्दर गोल गरेका हुन् ।

नेपालले ७८ औं मिनेटमा बराबरी गोल फर्काउन सफल रह्यो । लछु थापाको लामो पासलाई हेड गर्दै नीराजन धामीले गोल गरेका थिए । 

त्यसअगाडि भुटानका किङजाङ तेन्जिन दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडेपछि टिम १० खेलाडीमा सीमित भएको थियो ।

नेपाल समूह 'ए'  विजेताका रूपमा सेमिफाइनल पुगेको हो । यस्तै भुटान भने समूह 'बी' विजेता हुँदै अन्तिम चारमा पुगेको हो । 

अब नेपालले दोस्रो सेमिफाइनल विजेताको सामना गर्नेछ। त्यसमा डिफेन्डिङ च्याम्पियन भारत र बंगलादेश सोमबार भिड्दै छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार