२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

कोरोना रोकथाम उच्चस्तरीय समिति बैठक

सरकारको निर्णय : " उद्योग प्रतिष्ठान सशर्त खोल्न दिने "

स्वास्थ्यका मापदण्ड पुरा गरेर चलाउने दिइने

बिहिवार , चैत्र २०, २०७६

काठमाडौं, चैत । सरकारले उद्योग प्रतिष्ठानहरु सशर्त खोल्न दिने भएको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बिहीबार बसेको बैठकले खाद्य र अत्यावश्यक बस्तु उत्पादन गर्ने उद्योग प्रतिष्ठानहरु खोल्न दिने निर्णय गरेको हो ।

‘उद्योगभित्रै कामदारलाई सुरक्षित राखेर स्वास्थ्यका मापदण्डहरु पुरा गरेर चलाउने दिने निर्णय भएको छ,’ सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले भने ।

अरु उद्योगहरुले आवासीय मजदुरहरु राखेर चलाउन चाहे स्थानीय प्रशासनले अनुमति दिने उनले बताए ।

तामाकोसी, मेलम्चीलगायतका आयोजनामा काम सुरु गरिने

यस्तै तामाकोसी, मेलम्ची लगायतका आयोजनामा पनि काम सुरु गर्ने निर्णय भएको छ । त्यहाँ अहिले नै ठूलो संख्यामा कामदार रहेको भन्दै मन्त्री खतिवडाले भने, ‘बाहिरका कामदारहरु आउन नदिने र भित्रका कामदारलाई पनि सुरक्षाका सबै उपाय अपनाएर कामलाई निरन्तरता दिने निर्णय भएको छ ।’

अरु आयोजनाहरुले आफ्नै क्षेत्रका कामदारहरुमार्फत् काम गराउन सक्छन् भने स्थानीय प्रशासनले त्यसमा सहजीकरण गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार