२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

पेरिस ओलम्पिकमा नेपाल :   'धाविका सन्तोषी ७९औँ स्थानमा '

आइतवार , श्रावण २७, २०८१

काठमाडौँ, साउन । नेपाली धाविका सन्तोषी श्रेष्ठले फ्रान्सको पेरिसमा जारी ओलम्पिक–२०२४ अन्तर्गत महिला म्याराथनमा ७९औँ स्थानमा आएकी छन ।  

आइतबार भएको म्याराथनमा सन्तोषीले निर्धारित दूरी दुई घन्टा ५५ मिनेट ६ सेकेन्डमा पूरा गरिन ।  महिला म्याराथनमा विश्वका ९२ धाविकाले प्रतिस्पर्धा गरेका थिए । 

जसमध्ये ११ जनाले दौड पूरा गर्न सकेनन् । पहिलो पटक ओलम्पिक खेलेकी सन्तोषीले वाइल्ड कार्डमार्फत पेरिस यात्रा तय गरेकी हुन ।  

जसमा नेदरल्यान्ड्सकी सिफन हसनले ओलम्पिक कीर्तिमानसहित स्वर्णपदक जितिन । उनले निर्धारित दूरी दुई घन्टा २२ मिनेट ५५ सेकेन्डमा पूरा गरेकी थियृन ।  रजत पदक इथोपियाकी असिफा टिग्स्टको नाममा रह्यो । 

उनले दुई घन्टा २२ मिनेट ५८ सेकेन्डमा दूरी पार गरेकी थिइृन । । केन्याकी धाविका ओबेरी हेललले दुई घन्टा २३ मिनेट १३ सकेन्डमा दूरी पार गर्दै काँस्य पदक जिते । 

सन्तोषीको दौडसँगै पेरिस ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त भएको छ ।  

यसअघि नै टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीका डुवाना लामा र एलेक्सजेन्डर शाह तथा जुडोकी मनिता श्रेष्ठ प्रधान ओलम्पिकको पहिलो चरणबाटै बाहिरिएका थिए ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार