२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

स्वास्थ्य  सुधार कार्ययोजना सार्बजनिक 

मन्त्री पौडेलको घोषणा  : "  स्वास्थ्य बिमाको दायरा कम्तीमा ५ लाख पुर्‍याउने "

आइतवार , श्रावण २७, २०८१

काठमाडौँ, साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाको दायरा कम्तीमा ५ लाख रुपैयाँ बराबरको बनाउने घोषणा गरेका छन् । 

आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत् कार्ययोजना सार्वजनिक गर्दै मन्त्री पौडेलले हाल एक लाख रुपैयाँ मात्रै रहेको स्वास्थ्य बिमाको दायरालाई बढाएर पाँच लाख रुपैयाँको बनाउने घोषणा गरेका हुन् ।

बिमाको झन्झटिलो प्रक्रियालाई समेत सहज बनाउने उनको योजना छ ।

उनले भने, ' बिमाको हालको दायरा कम्तीमा ५ लाख बनाउने गरी फराकिलो बनाउन नीतिगत र कानूनी व्यवस्थामा आवश्यक पुनरावलोकन गरिनेछ । '

त्यससँगै स्वास्थ्य बिमा सेवालाई गुणास्तरीय र सेवा प्रवाह प्रक्रिया सहज बनाउन, आवद्धतालाई द्रुत गतिमा बढाउन, स्वास्थ्य बिमा ऐन बमोजिम औपचारिक र अनौपचारिक क्षेत्रलाई समेत अनिवार्य स्वास्थ्य बिमामा समेट्न, आम्दानीको आधारमा प्रिमियम र सहभुक्तानीको प्रणालीलाई व्यवस्थित गरिनेछ ।'

मन्त्री पौडेलले समायोजनमा समस्या परेका स्वास्थ्यकर्मीको पदस्थापन गर्ने व्यवस्था गर्ने बताएका छन् । 

'कार्यदक्षता अनुसार पदस्थापन हुन नसकेका विशेषज्ञ चिकित्सकको सेवा अनुसारका अस्पतालमा व्यवस्थापन गरिनेछ,' उनले भने ।  मन्त्री पौडेलले जनशक्तिको नियमित पुनरावलोकन गर्ने र खाली रहेका दरबन्दीमा पदपूर्तिको व्यवस्था गरिने बताए ।

उनले १०० बेड भन्दा माथिका सरकारी अस्पतालहरुमा नर्सिङ र ३०० बेडभन्दा माथिका सरकारी अस्पतालहरुमा स्नातक र स्नातकोत्तर तहका विषयहरु अध्ययन अध्यापन गराउने निर्णय कार्यान्वयन गरिने बताएका छन् । 

त्यस्तै, संघीय अस्पतालको सेवा विस्तार एवम् अस्पतालहरुमा शल्यक्रिया क्षमता विस्तार गरी शल्य चिकित्सा सेवामा हुने लामो क्यू घटाउनका लागि अपरेसन थिएटरमा पूर्वाधार थप गर्ने योजना बनाएको उनले बताए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार