२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

संविधान संसोधन बहस

सचिव भट्टराईले भने  :   " संविधान संशोधनमा सबै दलको साथ लिन्छौ "  

शनिवार , श्रावण १९, २०८१

काठमाडौँ, साउन । सत्तारुढ नेकपा (एमाले) का सचिव एवम् संसदीय विभाग प्रमुख योगेशकुमार भट्टराईले कांग्रेस–एमाले सबै राजनीतिक दलहरूलाई साथमा लिएर संविधान संशोधन गर्ने पक्षमा रहेको बताएका छन । 

ताप्लेजुङ सरोकार केन्द्रले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन । 

सचिव भट्टराईले नेपालको राजनीतिक व्यवस्थालाई अग्रगामी दिशा दिन संविधान संशोधन गर्ने कुरालाई अघि बढाउन सोच सत्तारुढ गठबन्धनले लिएको बताए । 

उनले भने, ‘‘नेपालको राजनीतिक व्यवस्थालाई अग्रगामी दिशा दिन संविधानमा केही अग्रगामी सोचका साथ सम्बोधन गर्नुपर्नेछ । संशोधन गर्नुपर्नेछ । 

यसको निम्ति नेपाली कांग्रेस र एमाले अग्रसरता लिए पनि संसदमा भएका अथवा नभएका राजनीतिक शक्तिहरू र पार्टीहरूलाई एकसाथ लिएर हामी त्यो कार्यभारलाई समेत पूरा गर्ने गरी अगाडि बढ्न सोचिरहेका छौँ । 

विद्वानहरूले संविधानका बारेमा आफ्ना सुझावहरू हामीले प्राप्त गर्ने नै छौँ । त्यसले संविधानलाई अझै गतिशील बनाउन, संविधानलाई अझै राम्रो बनाउनका निम्ति सहयोग गर्ने नै छ । यी नै उद्देश्यका साथ आज हामी नयाँ सहकार्यका साथ अघि बढेका हौ ।’’

संविधानलाई गतिशील बनाउने गरी संशोधन गर्ने सोच अघि सारिएको उल्लेख गर्नुहुँदै  उनले त्यसमा आवश्यक सुझाव दिन पनि विज्ञहरूलाई आग्रह गरे ।  

सचिव भट्टराईले दुई ठुलो दलको सरकार बनेयता मुलुकमा सकारात्मक सन्देश गएको दाबी गर्दै यसले यसले मुलुकलाई सही दिशामा अघि बढाउने दाबी थियो । 

सचिव भट्टराईले सरकारले मुलुकमा बाह्य लगानी भित्र्याउने गरी वैदेशिक सम्बन्धलाई अघि बढाउने विश्वास पनि व्यक्त गरे । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार