२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

 अमेरिकी राष्ट्रपतीय निर्बाचन

डेमोक्राटिक पार्टी  :   " ह्यारिसको उम्मेद्वारीकाे घोषणा "

राष्ट्रपति पदको नेतृत्व गर्ने पहिलो अश्वेत तथा दक्षिण एसियाली मुलकी महिला उम्मेदवार

शनिवार , श्रावण १९, २०८१

 

वासिङ्टन डीसी,  (अमेरिका), साउन  । आसन्न चुनावका लागि अमेरिकी डेमोक्राटिक पार्टीले उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति पदको उम्मेदवार  चयन गरेको छ ।

डेमोक्राटिक पार्टीका अधिकारीहरूले बहुमत सहित ह्यारिसलाई आफ्नो पार्टीको तर्फबाट राष्ट्रपति उम्मेदवारमा चुनेको घोषणा गरेका छन् ।

यसै सन्दर्भमा ह्यारिसले  सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भनेकी छन , “म संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदका लागि डेमोक्रेटिक उम्मेदवार हुन पाउँदा सम्मानित छु ।”

आगामी हप्तामा आधिकारिक रूपमा मनोनयन स्वीकार गर्ने ह्यारिसले जनाएकी छन ।  वासिङ्टन पोस्टका अनुसार,  ह्यारिस राष्ट्रपति पदको नेतृत्व गर्ने पहिलो अश्वेत तथा दक्षिण एसियाली मुलकी महिला उम्मेदवार हुन । 

उनको उम्मेदवारले लामो समयदेखि थाती रहेका जातीय तथा लैङ्गिक सवालहरूले सार्थकता पाउने अपेक्षा गरिएको छ ।   

राष्ट्रपति जो बाइडेनले ह्यारिसलाई समर्थन गर्दै जुलाई –२१ मा चुनावी प्रतिस्पर्धाबाट बाहिरिने घोषणा गरेका थिए । 

समर्थनपछि जुलाई–२७ मा, ह्यारिसले अमेरिकी राष्ट्रपति चुनावका लागि आधिकारिक रूपमा आफ्नो उम्मेदवारको उद्घोष गरेकी छन ।  

सन् २००८ मा बाराक ओबामापछि अमेरिकाको इतिहासमा प्रमुख राष्ट्रपति पदको टिकट पाउने ह्यारिस दोस्रो अश्वेत व्यक्ति हुनुहुन्छ ।   -  एएनआई

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार