२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

बुधवार , चैत्र १९, २०७६

काठमाडौँ, चैत  । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १० रुपैयाँका दरले घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै निगमले पनि इन्धनको मूल्य घटाएको हो ।

घटेको मूल्य बुधबार राति १२ः०० बजेदेखि लागु भएको छ । निगमले डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर ८५ रुपैयाँ र पेट्रोलको बिक्री मूल्य प्रतिलिटर ९६ रुपैयाँ तोकेको छ ।

हवाई इन्धन (आन्तरिक उडानतर्फ) प्रतिलिटर १५ रुपैयाँले मूल्य समायोजन गरिएको छ । निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ७५ रुपैयाँले तोकेको छ ।

यस्तै बाह्य उडानतर्फ हवाई इन्धनको मूल्य ०.९५ अमेरिकी डलर तोकिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । एलपी ग्यासको मूल्य हाललाई यथावत राखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार