२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

 'खरिद प्रक्रियाका बारेमा उठ्ने प्रश्नहरु पारदर्शी बनाऔँ '  :  स्वास्थ्यमन्त्री पौडेल

शनिवार , श्रावण १२, २०८१

 

काठमाडौँ, साउन । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरुरी रहेको बताएका छन ।
 
शनिबार वीर अस्पतालको १३५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताउका हुन । उनले वीर अस्पताल भित्रका सबै इकाइको समन्वय हुनु आवश्यक रहेको पनि बताए ।
 
उनले व्यवस्थापकीय पक्षमा उल्लेख्य सुधार हुन नसकेको जिकिर गर्दै राम्रोसँग सुधार र समन्वय गर्नसके भइरहेको जनशक्तिबाट नै राम्रो परिणाम दिन सकिने बताए । 

उनले खरिद प्रक्रियाका बारेमा उठेका प्रश्नहरु परादर्शी बनाउन आवश्यक रहेको बताए । वीर अस्पतालको सबै व्यवहार र कारोबार पारदर्शी हुने व्यवस्था गर्नुपर्ने बताए । 

उनले वीर अस्पतालले प्रभावकारी सेवा प्रवाह गर्न नसकेको गुनासो आइरहेको भन्दै इमर्जेन्सी सेवा, अप्रेसनका लागि वर्ष दिन कुर्नुपर्ने बाध्यताको अन्त्य गर्न जरुरी रहेको बताए ।
 
सेवाग्राहीहरुले सेवा लिँदा सन्तुष्टि प्राप्त नगरेको जनगुनासो आएको भन्दै त्यसमा पनि विशेष ध्यान दिन निर्देशन दिए ।   

उनले भने, ‘वीर अस्पतालले प्रभावकारी सेवा प्रवाह गर्न सकेन भन्ने बाहिर जनगुनासो छ। इमर्जेन्सी राम्रो भएन भन्ने जनगुनासो छ।  एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरुरी छ। 

एक अर्काको सम्बन्ध समन्वयात्मक ढंगबाट अगाडि बढाउन जरुरी छ। त्यसैले यो एकीकृत संस्था एकीकृत ढंगबाट काममा अघि जान जरुरी छ। 

हामीले व्यवस्थापकीय पक्षमा जेजे सुधार गर्नुपर्ने हो सबै सुधार गर्न सकिरहेका छैनौँ। व्यवस्थापकीय पक्षमा हामीले सुधार र समन्वय राम्रो गर्ने हो भने यही साधन स्रोतभित्र हामीले राम्रो परिणाम दिन सक्छौँ। 

कतिपय उठेका प्रश्नलाई हामीले आत्मसाथ गरौँ। खरिद प्रक्रिया पारदर्शी छैन भने पारदर्शी बनाऔँ।’’ 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार