२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

भारतको आगामी बजेट 

भारतीय बजेट : 'नेपाललाई आगामी वर्ष  करीव ११ अर्ब अनुदान'

सबैभन्दा बढी रक्षामा ४ लाख ५४ हजार ७७३ करोड छुट्यायो  

मंगलवार , श्रावण ८, २०८१

 

काठमाडौँ, साउन । भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२४/०२५ का लागि ७ सय करोड भारतीय रुपैयाँ अनुदान दिने भएको छ । 

मंगलबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्‍मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई गत वर्षभन्दा ५० करोड भारतीय रुपैयाँ बढी अनुदान दिने उल्लेख गरिएको छ । 

चालु आर्थिक वर्षमा भारतले नेपाललाई भारतले ६५० करोड रुपैयाँ उपलब्ध गराउने संशोधित अनुमान छ ।

छिमेकी मुलुकमध्ये भारतले सबैभन्दा बढी भुटानलाई अनुदान दिने बजेटमा उल्लेख छ । भुटानलाई भारतले २ हजार ६८ करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने जनाएको छ ।

त्यस्तै भारतको आगामी बजेटमा मालदिभ्सलाई ४ सय करोड, म्यानमारलाई २५० करोड, श्रीलंकालाई २४५ करोड, अफगानिस्तानलाई २ सय करोड, बंगलादेशलाई १२० करोड, अफ्रिकी मुलुकहरूलाई २ सय करोड र मंगलोलियालाई ५ करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने उल्लेख छ ।

भारत सरकारले मंगलबार ल्याएको बजेटमा सबैभन्दा धेरै रक्षातर्फ ४ लाख ५४ हजार ७७३ करोड भारु छुट्याएको छ । 

त्यसपछि ग्रामीण विकासमा २ लाख ६५ हजार ८ सय ८ करोड र कृषितर्फ १ लाख ५१ हजार ८५१ करोड भारु छुट्याएको छ । त्यस्तै गृह मन्त्रालयलाई १ लाख ५० हजार ९८३ करोड र शिक्षातर्फ १ लाख २५ हजार ६३८ करोड भारु छुट्याइएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार