२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

एसिया कप महिला क्रिकेट

नेपालको शानदार शुरुआत  :  यूएईमाथि ६ विकेटको जित

शुक्रवार , श्रावण ४, २०८१

 

काठमाडौँ, साउन । श्रीलंकाको दाम्बुलामा शुरु भएको एसिया कप टी–२० महिला क्रिकेटमा नेपालले शानदार शुरुआत गरेको छ । 

शुक्रबार भएको उद्घाटन खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गर्यो । 

विजयका लागि नेपालले ११६ रनको चुनौती पाएको नेपालले १६।१ ओभरमै ४ विकेटको क्षतिमा पूरा गर्यो । 

नेपालका लागि ओपनर सम्झना खड्काले ४५ बलमा ११ चौकाको मद्धतले अविजित रहँदै ७२ रन बनाइन् । 

उनी एसिया कपमा अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी हुन् । 

त्यस्तै रुबिना क्षेत्रीले ८ बलमा १० रन जोडिन् । त्यसबाहेक कसैले दोहोरो स्कोर बनाएनन् । अलराउन्डर काभिशा एगोडागेले ३ विकेट लिइन् ।

यसअघि खेलमा टस जितेर पहिले बलिङ गरेको नेपालले यूएईलाई ११५ रनमा रोक्यो । 

यूएईले निर्धारित २० ओभरको खेलमा ८ विकेटको क्षतिमा ११५ रन बनायो । खुशी शर्माले ३९ बलमा ३६ तथा कभिशा एगोडागेले २६ बलमा २२ रन बनाइन् ।

नेपालका लागि कप्तान इन्दू बर्माले १९ रन खर्चेर ३ विकेट लिइन् । सबनम राई, कविता जोशी र कृतिका मरासिनीले १–१ विकेट लिए । 

पूर्वकप्तान रुबिना क्षेत्री, सीता राना मगर र कविता कुँवर भने विकेट विहीन भए । दुई खेलाडी रनआउट भएका थिए । 

आठ टिम सहभागी प्रतियोगिताको समूह ए मा नेपाल र यूएईसँगै भारत र पाकिस्तान रहेका छन् । 

अर्को समूहमा श्रीलंका, बंगलादेश, माल्दिभ्स र थाइल्याण्ड रहेका छन् । शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् । 

नेपालले आफ्नो दोस्रो खेलमा आइतबार बेलुकी पाकिस्तानसँग खेल्नेछ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार