२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

पदभार ग्रहण गर्दै मन्त्री पौडेल  : "  दुई महत्वपूर्ण निर्णय गरे "

सोमवार , आषाढ ३२, २०८१

 

काठमाडौँ, असार ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उनले रामशाहपथस्थित स्वास्थ्य मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै मन्त्री पौडेलले क्यान्सर रोगीहरूको उपचार प्रणालीमा एकरूपता ल्याउने र स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित गर्दै सबैलाई समेट्ने योजना ल्याउने दुई निर्णय गरेका छन् ।

साथै उनले एक महिनाभित्र संघीय अस्पतालहरूमा लाइन बस्नु नपर्ने व्यवस्था गर्ने बताए ।  मन्त्री पौडेलले मितव्ययिताका लागि भन्दै मन्त्री बनेपछि कुनै पनि माला र खादा लगाउन मानेनन् ।

उनले पहिलो निर्णय गरेसँगै मन्त्रालयका कर्मचारीहरुसँग यसो भने  :

ुजुन उत्साह लिएर मन्त्रालय आएको छु त्यही उत्साहसहित बिदा हुने चाहना छ । देशमा सबैतिर निराशा छ, केही गरेको म्यासेज छोड्न चाहन्छु, त्यसका लागि लामो अनुभव, अध्ययन भएका सबैसँग सहकार्य गरेर अघि बढ्छु । म विज्ञान विषय पढेर आएको मान्छे हुँ ।

 मन्त्रालयमध्येमा विधि सिकाउने, पद्धति सिकाउने मन्त्रालयमा आएको छु, राजनीति लिगेसी यहाँ देखिँदैन, स्वास्थ्य मन्त्रालयलाई कसरी राम्रो गर्ने त्यतातर्फ म लाग्छु,मन्त्रालय सुधार्न के गर्न सकिन्छ भन्नुहोला, सुटुक्क भन्नुहोला, आफ्नो बुद्धि विवेक, अनुभव र क्षमताका आधारमा भन्नुहोला। यहाँ ठूला कुरा गर्न गाह्रो होला तर सानासाना काम गर्छु । 

नेपालको स्वास्थ्य सेवामा आम नागरिकले सहजता अनुभव हुने कसरी बनाउन सकिन्छ त्यतातर्फ लाग्छु, सबैको क्यापासिटी लगाउँ, म निर्देशन दिनेतिर होइन मिलेर काम गर्नेतिर लाग्छु, साझा उद्देश्य पूरा गर्नेतिर आफ्नो जिम्मेवारी सम्झेर सबै लागौँ । मलाइ सिकाउनुहोला ।ु

सो क्रममा स्वास्थ्य सचिव रोशन पोखरेलले म्याटरलाई बुझेर निर्णय गर्ने नवनियुक्त मन्त्रीको स्वभावलाई मन्त्रालयमा लागू गर्न पाए मन्त्रालयले प्रगति गर्नेमा आफू ढुक्क रहेको बताए ।

 त्यसका लागि मन्त्रालयका सिंगो कर्मचारीले साथ दिने बताए । आगामी दिनमा देखिने गरेर परिवर्तनको अनुभूति मन्त्रालयले चाहेको भन्दै पोखरेलले टिमवर्कबाट अघि बढ्न आफू तयार रहेको बताए ।  

काठमाडौँ ५ बाट प्रतिनिधि सभामा नेपाली कांग्रेसबाट विजयी पौडेल पहिलो पटक मन्त्री बनेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार