२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

अमेरिकी राष्ट्रपतीय चुनाव

पेन्सिलभेनियाको चुनावी र्‍यालीमा गोली चल्यो   :  ' पूर्वराष्ट्रपति ट्रम्प घाइते '

आइतवार , आषाढ ३१, २०८१

 

काठमाडौँ, असार ।  पेन्सिलभेनियामा चुनावी र्‍यालीमा गोली चल्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प घाइते भएका छन् । शनिबार राति ट्रम्पको चुनावी र्‍याली चलिरहेका बेला गोली चलेको हो । 

घटनामा र्‍यालीमा सहभागी एक जनाको मृत्यु भएको सीएनएनले जनाएको छ । सीएनएनका अनुसार गोली हान्ने व्यक्ति अमेरिकी सिक्रेट सर्भिसको कारबाहीमा मारिएका छन् ।

पूर्वराष्ट्रपति ट्रम्पको कानबाट रगत बगेको तस्बिरहरू अमेरिकी सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् । घटनापछि उनलाई सुरक्षाकर्मीले मञ्चबाट सुरक्षित स्थानतर्फ लगेका थिए ।

ओहायोका सिनेटर तथा रिपब्लिकन नेता जेडी भान्सले पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पको अवस्था ठीक रहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा यस्ता खालका कुनै पनि हिंसात्मक घटनालाई स्थान नदिइने बताएका छन् । उनले यस्ता प्रकारका घटनाविरुद्ध सबै एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन् ।

पूर्वराष्ट्रपति बाराक ओबामाले पनि घटनाको निन्दा गरेका छन् । एक वक्तव्य जारी गर्दै उनले भनेका छन्, 'हाम्रो लोकतन्त्रमा कुनै पनि राजनीतिक हिंसालाई स्थान छैन ।'

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार