२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नेपाली कांग्रेस 

 महामन्त्री शर्माले भने  : ' स्थिर सरकारका लागि कांग्रेस- एमाले एकै ठाउँमा '

बुधवार , आषाढ २७, २०८१



झापा, असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थिर सरकार दिने उद्देश्यले संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमाले एकै ठाउँमा उभिएको बताएका छन् । 

झापामा बुधबार आयोजित कार्यक्रममा उनले पटक पटक हुने सरकार परिवर्तनले मुलुकमा अस्थिरता सिर्जना गरेकाले त्यसलाई रोक्न दुई दल एकमत भएको बताए ।

महामन्त्री शर्माले दुवै दलको सहमतिअनुसार नेपाल कम्युनिष्ट पार्टी ९एमाले० अध्यक्ष केपी शर्मा ओलीले अब बन्ने सरकारको नेतृत्व गर्ने स्पष्ट पारे । ु

एमाले नेतृत्वको सरकारलाई नेपाली कांग्रेसले काँध हाल्छु, उनले भने, ुत्यही सरकारले मुलुकको वर्तमान सङ्कट समाधान गर्नेमा हामी आशावादी छौँ ।ु

स्थानीय क्षेत्रको विकास निर्माणका लागि तीनै तहका सरकारबीच समन्वय जरुरी रहेको उल्लेख गर्दै प्रतिनिधिसभा सदस्य शर्माले फरक आस्था र विचारबाट निर्वाचन जितेर आए पनि साझा प्रतिनिधि बनेर जनताको काम गर्न लाग्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार