२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

सप्तकोशी नदीमा बाढी    

पानीको बहाव घट्न थाल्यो  :   " बहाव २ लाख ६० हजार क्युसेक "

सोमवार , आषाढ २५, २०८१

 

विराटनगर, असार ।  सप्तकोशीमा पानीको बहाव घटेको छ । सप्तकोशी ब्यारेजमा अहिले पानीको बहाव २ लाख ६० हजार क्युसेक रहेको जानकारी दिइएको छ ।

सप्तकोशी ब्यारेजमा आइतबार सर्वाधिक ३ लाख ९५ हजार क्युसेकसम्म पानीको बहाव पुगेको थियो । 

सप्तकोशीका यसअघि सबै  ५६ ढोका खोलिएकोमा पानीको बहाव घट्न थालेपछि अहिले ४२ ढोका खोलिएको छ ।

सप्तकोशीमा पानीको बहाव केही घटे पनि कोशी आसपासका स्थानीयलाई सतर्कता अपनाउन अपिल गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार