२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

  रुस  - युक्रेन युद्ध

अमेरिका  : ' युक्रेनलाई थप २.३ अर्ब डलर सैन्य सहयोग गर्ने'

'अहिले युक्रेनलाई मद्दतको खाँचो छ'  :  अमेरिका

बुधवार , आषाढ २०, २०८१


  रुस  - युक्रेन युद्ध

अमेरिका  : ' युक्रेनलाई थप २.३ अर्ब डलर सैन्य सहयोग गर्ने'
  'अहिले युक्रेनलाई मद्दतको खाँचो छ'  :  अमेरिका

वासिङ्टन डीसी, असार  । संयुक्त राज्य अमेरिकाले चाँडै युक्रेनका लागि २.३ अर्ब डलर भन्दा बढी सैन्य सहयोगको घोषणा गर्ने अमेरिकी रक्षा सचिव लोयड अस्टिनले मङ्गलबार बताएका छन । 

“राष्ट्रपति ड्रडाउन प्राधिकरण अन्तर्गतको यो प्याकेजले नयाँ हवाई रक्षा इन्टरसेप्टर, एन्टी–ट्याङ्क हतियार र अमेरिकी इन्भेन्टरीबाट अन्य महत्त्वपूर्ण हतियारहरू प्रदान गर्नेछ,” अस्टिनले युक्रेनी रक्षामन्त्री रूस्टेम उमेरोभसँगको बैठकमा बताएका हुन । 

यस वर्षको सुरुमा युक्रेनमा लगभग ६१ अर्ब अमेरिकी डलर सहयोग स्वीकृत गर्ने कानुन काङ्ग्रेसले पारित गरेदेखि अमेरिकाले युक्रेनका लागि नियमित प्याकेजहरू घोषणा गर्दै आएको सिएनएनले जनाएको छ ।

अमेरिकाले हालै युक्रेनलाई हवाई रक्षा क्षमता प्राप्त गर्ने सूचीमा अन्य देशभन्दा शीर्ष स्थानमा राखेको छ । 

“यदि हाम्रा कुनै पनि साझेदार युक्रेनको अहिले जस्तो अवस्थामा थिए भने हामी उनीहरूलाई मद्दत गर्न हरसम्भव प्रयास गर्ने थियौ । 

अहिले युक्रेनलाई मद्दतको खाँचो छ,” ह्वाइट हाउसका एक अधिकारीले सिएनएनसँग भने ।

यो घोषणा अमेरिका र युक्रेनले दीर्घकालीन द्विपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर गरेको केही हप्तापछि आएको हो जसमा अमेरिकाले युक्रेनको सशस्त्र सेनालाई १० वर्षको प्रशिक्षण दिने, सैन्य सहयोग प्रदान गर्ने र गुप्तचर साझेदारी बढाउने प्रतिबद्धता जनाएको छ ।

अस्टिनले अमेरिकाले ‘युक्रेनका लागि नेटो सदस्यता प्राप्तिका लागि पुल निर्माण गर्न सहयोग गर्ने’ पनि बताउनुभयो ।

घोषणापछि उमेरोभले अस्टिनलाई उनको समर्थनका लागि धन्यवाद दिए । साथै युक्रेन भविष्यको नेटो सदस्य बन्ने सम्भावनाबारे छलफल गर्न इच्छुक रहेको बताए ।

“आशा छ, युक्रेनले चाँडै नै यसको निमन्त्रण प्राप्त गर्नेछ,” नेटोबारे रक्षामन्त्री उमेरोभले  बताए । एएनआई

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार