२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

आइसिसी टि–२० विश्वकप क्रिकेट 

वर्षाले नेपाल - श्रीलङ्काबीचको खेल रद्द : 'दुवै टोलीले एक–एक अङ्क बाँडे'

बुधवार , जेठ ३०, २०८१

 

काठमाडौँ, जेठ । आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी मैदानमा आज बिहान सवा पाँच बजेदेखि सुरु हुने भनिए तापनि निरन्तर वर्षा भएपछि खेल रद्द भएको हो । खेल रद्द भएसँगै दुवै टोलीले समान एक–एक अङ्क बाँडेका छन् । 

विश्वकपमा नेपालले दुई खेलमा एक अङ्क जोडेको छ भने तीन खेलबाट श्रीलङ्काको पनि समान एक अङ्क नै छ । नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना कायमै छ ।

विश्वकपको समूह ‘डी’ मा रहेको  दक्षिण अफ्रिका तीन खेलमा छ अङ्कका साथ सुपर आठमा प्रवेश गरिसकेको छ । बङ्गलादेश र नेदरल्यान्ड्सको समान दुई खेलबाट समान दुई–दुई अङ्क नै छ । 

नेपालले अब वेस्टइन्डिजमा यही जेठ ३२ गते दक्षिण अफ्रिकासँग खेल्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार