२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

  ग्लोबल आइएमई बैंक   :  "   निजी क्षेत्रको अग्रणी "

बुधवार , जेठ २३, २०८१

 

चुक्ता पुँजी, निक्षेप संकलन, कर्जा प्रवाहलगायतका वित्तीय सूचकका आधारमा नेपालको सबैभन्दा ठूलो बैंकका रूपमा रहेको ‘ग्लोबल आइएमई बैंक लिमिटेड’ले देशको आर्थिक समृद्धिमा  १८ वर्ष सेवा गरिसकेको छ  । देशकै सफल अनि अब्बल बैंक ‘ग्लोबल आईएमई बैंक’ आफ्नो व्यावसायिक यात्राका क्रममा व्यावसायिक आरोह–अपरोह साना तथा छरिएर रहेका विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थालाई आफूमा समाहित गर्दै ग्लोबल आईएमई बैंक देशकै वृहत् बैंक बन्न सफल भएको हो ।

गत पुसमा बैंक लिमिटेड १७ औँ वर्ष पार गरेर १८औँ वर्षमा प्रवेश गरेको हो । २०६३ मा ग्लोबल बैंक लिमिटेडको नामबाट स्थापना भएकोमा हाल ग्लोबल आइएमई बैंकको नाममा सञ्चालित छ ।
गत असोज मसान्तसम्म बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड (गत आवको बोनस लाभांशसहित ३६ अर्ब १२ करोड), कर्जा प्रवाह तीन खर्ब ७० अर्ब ७३ करोड र निक्षेप संकलन चार खर्ब ४३ अर्ब १६ लाख रहेको छ, यो अन्य १९ वाणिज्य बैंकको तुलनामा सबैभन्दा बढी हो । बैंकको कुल सम्पत्ति पनि सबैभन्दा धेरै छ । गत असोज मसान्तसम्म बैंकको कुल सम्पत्ति पाँच खर्ब ४६ अर्ब २६ करोड ६२ लाख रुपैयाँ रहेको छ । वाणिज्य बैंकहरूमध्ये ग्लोबल आइएमई कर्जा विस्तारमा ८.४२ प्रतिशत र निक्षेप संकलनमा ८.५९ प्रतिशत बजार हिस्सा छ । बैंकले चालू आवको पहिलो तीन महिनामा सरकारलाई ५५ करोड ३६ लाख ७६ हजार आयकर बुझाएको छ, गत आवमा भने दुई अर्ब ८५ करोड चार लाख आयकर बुझाएको थियो ।
हाल बैंकले नेपालका ७७ वटै जिल्लामा तीन सय ५५ शाखा, तीन सय ७९ एटिएम, दुई सय ७४ शाखारहित बैंकिङ, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै तीन अन्तर्राष्ट्रिय सम्पर्क वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ । बैंकमा कार्यरत करिब चार हजार कर्मचारीले ४५ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ ।

बैंकको मर्जर यात्रा
२०६३ सालमा ‘क’ वर्गको बैंकका रूपमा इजाजत प्राप्त गरी २०६९ मा आइएमई फाइनान्सियल इन्स्टिच्युसन लिमिटेड र लर्ड बुद्ध फाइनान्सलाई गाभेर ‘ग्लोबल आइएमई बैंक लिमिटेड’को नामबाट कारोबार सुरु गरेको हो । २०६९÷७० मा सोसियल डेभलपमेन्ट बैंक र गुल्मी विकास बैंक गाभिए । आव २०७०÷७१ मा कमर्स एन्ड ट्रस्ट बैंक नेपाल मर्ज भयो । यस्तै २०७४ को अन्त्यमा प्यासिफक डेभलपमेन्ट बैंक र रिलायबल डेभलपमेन्ट बैंक गाभिए । आव ०७६÷७७ मा हाथवे फाइनान्स र जनता बैंक नेपाल लिमिटेड गाभिए र २०७९÷८० मा बैंक अफ काठमाण्डू मर्ज भयो ।


सामाजिक उत्तरदायित्व
स्थापनाकालदेखि बैंकले सामाजिक उत्तरदायित्वसम्बन्धी काम पनि गर्दै आएको छ । ०७२ सालको भूकम्पमा यो बैंकले ५० लाख रुपैयाँ सरकारको राहत कोषमा जम्मा गरेको थियो । कोरोना राहत कोषमा पनि यस बैंकले १० लाख रुपैयाँ प्रदान गरेको थियो । यसै वर्षको जाजरकोटमा गएको भूकम्पमा पनि यो बैंकसहित आइएमई समूहले एक करोड ५० लाख रुपियाँ राहत प्रदान गरेको छ ।

बैंकले हरेक वर्ष स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता, सांस्कृतिक तथा वातावरण संरक्षण, प्राकृतिक विपत्ति तथा उपभोक्ता संरक्षण, नेपालको दिगो विकास लक्ष्य, डिजिटल प्रडक्ट प्रवद्र्धनमा सामाजिक उत्तरदायित्व (सिएसआर) कोषको पैसा खर्च गर्दै गरेको देखिन्छ ।


भावी योजना
बैंकले अबका दिनमा प्रविधिमा आधारित नयाँ सेवाहरूको विकास गर्ने, निक्षेप तथा कर्जाको विविधीकरण गर्ने आयआर्जनका नयाँ क्षेत्रहरू विस्तार तथा निक्षेप परिचालनमा जोड दिने, पुँजीकोष वृद्धि गर्नेलगायतका योजना बनाएको छ । ग्राहक तथा सम्पूर्ण सरोकारवालाको आवश्यकता र अपेक्षा पूरा गर्दै देशको सन्तुलित आर्थिक–सामाजिक रूपान्तरण गर्ने सरकारको प्रयासलाई टेवा पु¥याउनेसमेत लक्ष्य लिएको बैंकले जनाएको छ ।

अलोइसँग समझदारी
ग्लोबल आइएमई बैंक लिमिटेडले ग्रिन फाइनान्सिङ प्रवर्द्धन गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
समझदारीपछि ग्लोबल आइएमई बैंकले अलोइको कर्जा अनुगमन प्रणालीलाई प्रयोग गरी विभिन्न क्षेत्रका कर्जासँग सम्बन्धित सेवाहरूको प्रभावकारीरूपमा कार्यान्वयन गर्न सक्नेछ । यस समझदारीले वातावरण मैत्री क्षेत्रमा कर्जा प्रवाह र प्रवर्द्धन गर्न थप मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

आइएफसीसँग सम्झौता
ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)बीच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैंगिक वित्त क्षेत्रमा आइएफसीले परामर्श सेवा प्रदान गर्ने गरी एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा आइएफसीको तर्फबाट दक्षिण एसिया क्षेत्रीय सल्लाहकार तथा अपस्ट्रिम प्रबन्धक मेहदी चेरकाउईले हस्ताक्षर गरेका छन् ।
सम्झौताबमोजिम आइएफसीले ग्लोबल आइएमई बैंकको कर्जा जोखिम, सञ्चालन जोखिम, बजार जोखिम एवं सम्पत्ति तथा दायित्व व्यवस्थापन ढाँचालाई सुदृढ पार्न परामर्श दिने, बैंकको जोखिम व्यवस्थापन नीतिलाई अन्तर्राष्ट्रिय स्तरमा कायम जोखिम व्यवस्थापन अभ्यासअनुरूप परिमार्जन गर्नेलगायतका विषयहरूमा परामर्श प्रदान गर्नेछ ।
आइएफसीले जलवायु वित्त क्षमता निर्माणका लागि आधारभूत जलवायु साक्षरता तथा लक्षित क्षमता निर्माण कार्यक्रमहरूमा दक्षता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नेछ ।
साथै आइएफसीले ग्लोबल आइएमई बैंकलाई स्वच्छ यातायात, जलवायु–स्मार्ट कृषि र सौर्य परियोजनाहरूलगायत अन्य विभिन्न क्षेत्रको जलवायु वित्तमा पहुँच बढाएर नेपालमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका प्रयासमा पनि विशेष परामर्श दिनेछ ।
आइएफसीको यस सम्झौताअनुसारको परामर्शले नेपालमा जोखिम व्यवस्थापन, लैंगिक वित्त तथा जलवायु वित्त क्षेत्रमा नयाँ आयाम थपिनेमा बैंक विश्वस्त रहेको छ ।


सातै प्रदेशमा वित्तीय साक्षरता
ग्लोबल आइएमई बैंकले ग्लोबल मनि विक २०२४ को अवसरमा सप्ताहव्यापी रुपमा सातवटै प्रदेशमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको छ ।
बैंकले आफ्ना प्रदेश कार्यालयहरुको संयोजनमा सातवटै प्रदेशमा युवा तथा विद्यार्थी लक्षित वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको हो । कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, विमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुहरुका बारेमा जानकारी गराइएको छ ।
यसैगरी, बैंकले ग्लोेबल मनि विक २०२४ को अवसर पारेर देशव्यापी रुपमा वित्तीय कार्यक्रमहरु आयोजना गरिरहेको छ । अहिलेसम्म सम्पन्न विभिन्न कार्यक्रमहरुमा १४ हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरुको सहभागिता रहेको थियो ।
यसका साथै, ग्लोबल आइएमई बैंकले आफ्ना ३५४ वटै शाखाहरुमार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग प्रवद्र्धन कार्यक्रमहरुसञ्चालन गर्ने उद्देश्य राखेको छ ।


सबैभन्दा धेरै कर तिर्ने वाणिज्य बैंक
ग्लोबल आइएमई बैंक सबैभन्दा धेरै कर तिर्ने वाणिज्य बैंक बनेको छ । आर्थिक वर्ष २०७९÷८० को असार मसान्तसम्म दाखिला भएको करको आधारमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा परेको हो । बैंकले गत आर्थिक वर्षमा पाँच अर्ब ४३ करोड रूपियाँ कर दाखिला गरेको छ । यो कर बैंकले वर्षभरी विभिन्न शीर्षकमा तिरेको सबै करको योग हो । ग्लोबल आइएमई बैंकले गएको आवमा सात अर्ब २५ करोड रूपियाँ खुद नाफा गरेको छ ।
यो नाफा अघिल्लो वर्षको तुलनामा ४६.२६ प्रतिशतले बढी हो । बैंकले अघिल्लो आव २०७८÷७९ मा तीन अर्ब १७ करोड रुपियाँ कर दाखिला गरेको थियो । २१ वटा बैक तथा वित्तीय संस्थाहरु मिलेर बनेको ग्लोबल आइएमई बैंक चुक्ता पूँजीको आधारमा मुलुककै सबैभन्दा ठूलो बैंक हो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार