२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

कांग्रेसको प्रशिक्षण कार्यक्रम

नेता महरले भने : " कांग्रेसको संघर्ष सहकारीका ७० लाख बचतकर्तार्ले न्याय नपाएसम्म "

शनिवार , जेठ १९, २०८१

 

काठमाडौँ, जेठ । सहकारी ठगीको मारमा परेका ७० लाख जनताले न्याय नपाएसम्म लडाइ जारी रहने नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले बताएका छन् ।

शनिबार चितवन कांग्रेसले आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले भने, जनताको नजरमा दोषी प्रमाणित भइसकेका पार्टीका नेता र पार्टीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । 
उनले थपे,  ' पीडित जनताले सञ्चित गरेको रकम फिर्ता गर्न कांग्रेस संसदीय छानबिन समितिमा मात्रै भर नपर्ने र जनपेक्षा अनुसार सदनदेखि सडक संघर्ष जारी नै राख्छ ।'

अहिले गिरीबन्दु टी - सुदर्शन सहकारीसम्म गठबन्धन सरकारमा संलग्न पार्टी र तिनका प्रमुख नेताहरू नै संलग्न हुनु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ। 

अहिलेको गठबन्धन सरकारले नेपाली जनताको सार्वजनिक सम्पत्ति दोहन गरिरहेको महरको आरोप थियो । कांग्रेसको भरखरै सम्पन्न बैठकमा गिरीबन्दु टी स्टेटमा भएको अर्बौ रकम चलखेलको पर्दाफास गर्न आफूले प्रस्ताव गरे पनि निर्णय बाहिर आउँदा त्यस विषयमा नलेखिएको उनको भनाई थियो।

कांग्रेसका नेता तथा कार्यकर्ता मनबाटै जनमुखी हुनु आवश्यक रहेको बताउँदै उनले  भने, जलवायु परिवर्तनका कारण नेपालका हिमालहरू खाली हुँदै गएको र त्यसको असर वातावरणमा परेको छ । 

जलवायु परिवर्तनका कारण तराई क्षेत्रमा अत्याधिक तामक्रम बढेर जनता कष्टकर जीवन विताउन बाध्य रहेकाले जलवायु परिवर्तनको असर न्यूनिकरणबारे पार्टीले सबै तहमा प्रशिक्षणात्क सचेतना अभियानमा जुटनुपर्ने महरको धारणा छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार