२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

सहकारी छानबिन  प्रकरण 

कांग्रेस - सरकार सहमति : 'संसदीय छानबिन समिति बन्ने ' 

  कांग्रेस संसदीय दलको बैठकबाट अनुमोदन

मंगलवार , जेठ १५, २०८१

 

काठमाडौँ, जेठ । प्रमुख प्रतिपक्ष दल कांग्रेसले सहकारीको रकम अपचलनसम्बन्धी संसदीय छानबिन समिति बनाउन दलहरूबीच भएको सहमितलाई अनुमोदन गरेको छ । मंगलबार संसद भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकले सहमतिलाई अनुमोदन गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकमा कांग्रेसलगायत संसद्‍मा प्रतिपक्षमा रहेका राजनीतिक दलहरू सहकारीको रकम हिनामिना, अपचलन भएको सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्ने प्रक्रिया निस्कर्षउन्मुख रहेको र सोमवार भएको सहमतिलाई अनुमोदन गर्ने निर्णय गरेको बताए ।

'हिजो संघीय संसदमा भएका मुख्य राजनीतिक दलहरूको बीचमा संसदीय छानबिन समिति गठन गरेर जाने सहमति भयो ।कार्यादेशमा पनि सहमति भयो । कति सदस्यीय समिति हुने, अवधि कति हुने भन्ने सहमति पनि भयो । त्यो सहमति निस्कर्षउन्मुख सहमति भनेका छौँ ।' 

'निष्कर्षमा पुग्ने स्थिति बनेको छ । निस्कर्षउन्मुख सहमतिलाई कांग्रेस संसदीय दलको बैठकले अनुमोदन गरेको छ,' उनले भने ।४ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठकमा कार्यादेशसहितको सहमति बैठकबाट पारित हुने गरेर प्रस्तुत हुने लेखकदे बताए ।

दिउँसो १ बजेका लागि बोलाइएको संयुक्त सदनको बैठक ३ बजे सारिएकाले प्रतिनिधिसभा बैठक पनि सर्ने भएको छ । प्रमुख सचेतक लेखकले समग्र सहकारीको बारेमा कानुनी र संस्थागत प्रबन्धको अनुगमन, उचित मूल्यांकन हुने कुरामा विशेष जोड दिनुपर्ने बताए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार