२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सहकारी बचत अपचलन प्रकरण

कांग्रेसले भन्यो  : " सत्तापक्ष अपराध छानविनमा गम्भीर भएन "

'प्रधानमन्त्री दाहाल संसदीय छानबिन समिति बनाउन सकारात्मक, एमाले  बचाउनतिर लाग्यो   '

सोमवार , जेठ १४, २०८१

 

काठमाडौँ, जेठ । प्रमुख प्रतिपक्ष दल कांग्रेसले सत्तापक्ष सहकारी समस्या समाधान गर्न गम्भीर नभएको आरोप लगाएको छ ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस सांसद जीवन परियारले भने, 'प्रधानमन्त्री पुष्पकमल दाहाल सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सकारात्मक भए पनि सत्तापक्षका अन्य राजनीतिक दलहरू गम्भीर भएनन् ।'  

कांग्रेसले लामो समयदेखि सहकारी पीडितहरू, बचतकर्ताहरूको बचतको सुरक्षा र ती पीडितहरुले अविलम्ब आफ्नो बचत रकम फिर्ताको सुनिश्चितता खाजेको सांसद परियारको भनाइ छ ।

'हामीले माननीय उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेजीले गोरखा मिडिया नेटवर्कमा रहँदा विभिन्न सहकारीबाट करोडौँको रकम गोरखा मिडिया नेटवर्कमा र गोरखा मिडिया नेटवर्कमा विभिन्न कम्पनी र व्यक्तिमार्फत रकम पुगेका छन् । 

त्यसको सही ढंगबाट छानबिन हुनुपर्छ भन्ने नेपाली कांग्रेसको धारणा हो,' सांसद परियारले भने, 'सत्तापक्षले प्रस्ताव सकारात्मक छौँ भन्ने र कहिले गलत व्याख्या गरिदिने कुराले अन्योलता आएको छ । 

हामीले जनताको वचत रकम फिर्ता र सुनिश्चित गर्ने कुरामा केन्द्रित छौँ । प्रधानमन्त्रीको पहलकदमी सकारात्मक छ तर सम्पूर्ण सत्ता पक्षको सोचेको जस्तो समस्या समाधान भन्नेतर्फ समस्यालाई अल्झाइरहने जस्तो देखिन्छ ।’

सांसद परियारले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गोरखा मिडिया नेटवर्कमा रहँदा विभिन्न सहकारीबाट करोडौँको रकम गोरखा मिडिया नेटवर्कमा र गोरखा मिडिया नेटवर्कमा विभिन्न कम्पनी र व्यक्तिमार्फत रकम पुगेको बारेमा अनुसन्धान गर्न माग गर्दै आएको बताए ।

 सही ढंगबाट छानबिन हुनुपर्ने कांग्रेसको माग रहेको उनको भनाइ छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार