काठमाडौँ, जेठ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आइतबार प्रतिनिधिसभा बैठकमा दिएका अभिव्यक्ति असभ्य, भ्रामक र हिंस्रक खालको रहेको भन्दै आपत्ति जनाएको छ ।
कांग्रेस संसदीय दलको सोमबारको बैठकले लामिछानेका अभिव्यक्तिको निन्दा गर्दै यसबारे प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
ुहिजो गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभामा असत्य, असभ्य, भ्रामक र हिंस्रक ढंगले प्रस्तुत हुनुभयोु बैठकपछि प्रमुख सचेतक रमेश लेखकले भने,ुआफू माथि लागेका अभियोगबबाट भाग्ने प्रयास गरे ।
यो अभिव्यक्तिको हामी घोर निन्दा गर्दछौं र प्रधानमन्त्रीले ध्यानाकर्षण गराउने निर्णय पनि गरेका छौं ।ु
संसदीय छानबिन समिति नबनाउँदा सम्म सदनको कुनै पनि काम कारबाही अघि बढाउन निदिने उनले जानकारी दिए ।