२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

सहकारी ठगी प्रकरण

प्रमुख दल शीर्ष नेता छलफल  : " संसदीय समिति बनाउने सहमति "

टिओआर भने कार्यदलले आइतबार बनाउने : प्रमुख सचेतक लेखक 

शनिवार , जेठ ५, २०८१

काठमाडौँ, जेठ । सहकारी ठगी प्रकरणलाइृ लिएर भएको विबादमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक बसेको छ ।  सो शीषृ नेता बैठकले  संसदीय समिति बनाउने सहमति गरेको जनाइएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा शनिबार साँझ बसेको नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायतका शीर्ष नेताहरुको बैठकमा उक्त सहमति गरेको हो । 

यद्यपि सहमति उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि केन्द्रित भएर हो वा होइन भन्नेबारे स्पष्ट भइसकेको छैन ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि नै केन्द्रित भएर संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको थियो । 

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मुख्य दलको शीर्ष नेताहरुको बैठकबाट संसदीय छानबिन समिति बनाएर जाने सहमति भएको बताए । 

उनले समिति बनाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सरकारको तर्फबाट सहजीकरण गर्ने पनि बताए ।

‘आज हामी मुख्य दलको शीर्ष नेताहरुको बैठक बस्यो । भोलिको सदनको विषयलाई लिएर छलफल भयो । सकारात्मक रुपमा नै अघि बढ्छ । 

समिति बनाएर जानुपर्छ नै भन्ने हो, सबै सहमत भएकै अवस्था छ । समितिको कार्यादेश के हुने भन्नेबारेमा पनि काम गर्ने कुरा भएको छ । 

समिति गठन गरेर जाने भन्नेमा सबै राजनीतिक रुपमा समान धाराणा बनेको छ, यो उपलब्धि र सकारात्मक रुपमा बुझ्नुपर्छ,ु लेखकले भने, ुकानुनमन्त्रीजीले सहजीकरण गर्नुहुनेछ । 

संसदीय समिति बनाएर जाने विषयमा सबैको सहमति भएर समान धारणा बनेको छ ।’

प्रमुख सचेतक लेखकले टिओआर भने कार्यदलले आइतबार बनाउने बताए । समिति बन्ने भएसँगै आइतबारको संसद् सहज रुपमा अघि बढ्ने प्रमुख सचेतक लेखकले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार