२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

प्रतिनिधिसभाको बैठक 

सहकारीको रकम हिनामिना प्रकरण  : " संसदीय छानविन समिति गठन गर "

बैठक स्थगन : अर्को बैठक जेठ ६ गते ११ बजे

शुक्रवार , जेठ ४, २०८१

 

काठमाडौँ, जेठ ।  प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ ।  सभाको अर्को बैठक यही जेठ ६ गते बिहान ११ बजेका लागि तय भएको संसद् सचिवालयका महासचिव  पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन ।  

प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले सहकारीको रकम हिनामिना भएको विषयलाई लिएर संसदीय छानबिन समिति गठनको माग गर्दै बैठक अवरोध गर्दै आएको छ ।

यसअघि आज बिहान ११ बजे बस्ने गरी बैठक बोलाइए पनि सूचना टाँस गरी दिउँसो २ बजेका लागि तय भएको थियो ।

विशेष कारणले बैठक बस्न नसकेको भन्दै आजको बैठक स्थगन गरिएको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार