२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

कांग्रेस संसदीय दल बैठक

कांग्रेसको बटमलाईन  : " संसदीय छानबिन समिति गठन "

संसदीय समिति गठन गर्नुपर्ने तथ्य निर्विवाद रुपले पुष्टी हुँदै

शुक्रवार , जेठ ४, २०८१

 

काठमाडौँ,  जेठ ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग दोहोर्‍याएको छ । 

कांग्रेस संसदीय दलको आज बसेको बैठकले सहकारीका बचतकर्ताको रकम सुरक्षाको ग्यारेण्टी गर्न, बचत हिनामिना भई पीडित बचतकर्ताको रकम फिर्ता गर्न र हिनामिनामा संलग्नमाथि छानबिन गरी कारवाही गर्ने सुनश्चितताका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग दोहोर्‍याएको हो । 

पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले कांग्रेससहित सङ्घीय संसद्का अन्य दलले पनि समिति गठनको माग उठाएकाले समिति गठनको माग यथावत राखेको हो । 

बैठकले संसदीय समिति गठन गर्नुपर्ने तथ्य निर्विवाद रुपले पुष्टी हुँदै आएको उल्लेख गर्दै संसदीय छानबिन समिति गठन गर्न पुनः माग गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । 


“प्रतिनिधिसभाको बैठक सञ्चालनको विषयलाई हामी गम्भीरतापूर्वक हेरिरहेका छौँ । संसदीय इतिहास र परम्परामा विपक्षी दलले सभामा उभिएर विरोध जनाउँदा पनि बैठक अवरुद्ध भएको मानिन्छ”, उनले भने, “सभामुखले प्रमुख विपक्षी दल वेलमा नारा लगाउँदा र अन्य सबै विपक्षी दल उभिएर विरोध जनाउँदा समेत बैठक सञ्चालन गर्ने कार्य उचित होइन ।”
(

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार