काठमाडौँ, जेठ । राष्ट्रिय सभाको आज बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विरोध जनाएको छ । सभाको कार्यतालिकामा प्रवेश गर्न नपाउँदै नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि सभा अवरुद्ध भएको हो ।
बैठकमा कांग्रेस सांसदहरूले उठेर विरोध जनाएपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाका प्रक्रियाहरू अघि बढाउन नसकिएको भन्दै सभालाई सहज रुपमा सञ्चालन गर्न व्यवस्था दिन आग्रह गए ।
उनले समस्या राष्ट्रिय सभामा उत्पत्ति नभएकाले विरोध नगरिदिन आग्रह गरे ।
उनले सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई लिएर धन्यवाद ज्ञापन समेत गर्न नपाएको र राष्ट्रपति कार्यालयबाट प्राप्त सूचनाहरुसमेत पढेर सुनाउन नसकेको स्थिति बनेको भन्दै सहज रुमपा अघि बढाउने माहोल निर्माण गरिदिन आग्रह गरे ।
राष्ट्रिय सभाको अर्को बैठक २०८१ साल जेठ ६ गते आइतबार दिउँसो सवा १ बजे बस्नेगरी स्थगित भएको छ ।