२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

'लोकतन्त्र र कानूनी शासनको पालना  समाजको पहिचान'  : प्रधानमन्त्री दाहाल

शुक्रवार , जेठ ४, २०८१

काठमाडौँ, जेठ । सरकार न्यायपालिकाको सुदृढीकरणका लागि प्रतिबद्ध रहेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् ।अखिल नेपाल कानुन व्यवसायीको आजदेखि भएको १६ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले साे कुरा बताएका हुन । 

उनले भने,  न्यायालयको सुदृढिकरण र बारलाई सक्षम बनाउन सरकार सबै किसिमको सहयोग गर्न तयार  छ ।  

प्रधानमन्त्री दाहालले  थपे, स्वतन्त्र, सक्षम तथा उत्तरदायी न्यायपालिका, विधिको शासन, लोकतन्त्र, मानव अधिकार, प्रेस स्वतन्त्रता, शक्ति पृथकीकरण, न्यायपालिकाको जनआस्था अभिवृद्धिमा नेपाल बारले पुर्‍याएको योगदान सदैव अतुलनीय छ । 

उनले लोकतन्त्र र कानूनको शासन पालना, भव्य समाजको पहिचान रहेको  पनि बताए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार