२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

कानुन व्यवसायी राष्ट्रिय सम्मेलन

राष्ट्रपति पौडेलले भने   : " विधिसम्मत न्याय प्रणालीबाट नै सुशासन "

शुक्रवार , जेठ ४, २०८१

 

काठमाडौँ, जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा विधि नै सबै किसिमको अराजकता र अन्यायको निवारणको उपाय र उपचार भएको बताएका छन् ।

काठमाडौंमा शुक्रबारदेखि सुरु भएको १६ औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विधिसम्मत न्याय प्रणालीबाट नै देशमा सुशासन र अमन चयन कायम हुने कुरालाई बिर्सिन नहुने बताएका हुन्।

राष्ट्रपति पौडेलले सच्चा न्यायका लागि स्वतन्त्रताको आवश्यक हुने र सुरक्षाको ख्याल नेपाल बारले पनि राख्नुपर्ने बताए । उनले लोकतान्त्रिक प्रणाली भित्र नै न्यायपालिका सक्षम हुने पनि बताए ।

राष्ट्रपति पौडेलले बार र बेन्च बीचमा बेला बेलामा छलफल र अन्तरक्रिया हुने गरे सही प्रतिफल प्राप्त हुने विश्वास व्यक्त गरे ।

उनले न्याय आफैं हुने वा प्रकट भइहाल्ने कुनै चिज वा वस्तु नभइ यो गरिने विषय भएको पनि बताए । उनले न्याय दिने, दिलाउने पुनित कार्य न्यायका सिद्धान्त र परिभाषामा खोज्नुभन्दा कर्ताको कर्ममै प्रतिबिम्बित हुनुपर्ने बताए ।

उनले न्यायपालिकालाई आधुनिक र प्रविधिमैत्री बनाइ चुस्त बनाउन जरुरी रहेको पनि बताए। राष्ट्रपति पौडेलले विधिको पूर्ण पालनाबाट न्यायपूर्ण ऋतिस्थिति बसाल्न कानून व्यवसायीहरुको अग्रणी भूमिका हुने बताए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार