२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

सदनको अवरोध 

हटाउन अनौपचारिक संवाद : " जेठ १ सम्म केही न केही हल निस्कन्छ "

शनिवार , बैशाख २९, २०८१

 

काठमाडौँ, वैशाख । सङ्घीय संसद्मा उत्पन्न गत्यावरोध फुकाउन प्रमुख राजनीतिक दलका नेताहरूले आन्तरिक तथा अनौपचारिक संवादलाई जारी राखेका छन् । 

समस्याग्रस्त सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठनका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नहुँदा सङ्घीय संसद्को बर्खे अधिवेशनको पहिलो दिन शुक्रबार दुवै सदनमा कार्यसूची प्रभावित भएका थिए । 

प्रधानम(एमाले) लगायत दलका नेतासँग सहमतिको उपायबारे अनौपचारिक संवाद गरेकाे उनको सचिवालयले जनाएको छ । 

यही विषयमा नेपाली कांग्रेसको पदाधिकारी बैठक भएको छ । सो दलको शुक्रबारको संसदीय दलको बैठकले सहकारीको रकम अपचलन सम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेकोसमेत संलग्नताको आरोप लगाउँदै आएकोबारे निष्पक्ष र स्वतन्त्र छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग पुनःअघि सारेको थियो ।     
     
सरकारको नेतृत्वकर्ता नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले रासससँग कुरा गर्दै अहिलेसम्म सहमतिका लागि ठोस प्रगति नभए पनि अब सदनको बैठक बस्ने दिनसम्म सरकारले सहमतिका लागि कुनै न कुनै उपाय निकाल्ने आशा व्यक्त गरे ।  

नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले पनि शीर्ष तहबाट छलफल भई निकास निस्कने आशा व्यक्त गरे । 

संसदीय समिति गठन गर्न सत्तापक्ष तयार नभएसम्म सदनका बैठक चल्न नदिने अडान राखेपछि पहिलो दिनका बैठकका दुवै सदनका कार्यसूची प्रभावित भएका थिए । 

आगामी जेठ १ गते मङ्गलबार दिउँसो ३ बजे सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलको सम्बोधनबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भइसकेको छ ।

 प्रतिनिधिसभाको अर्को बैठक आगामी जेठ १ गते साँझ ६ बजे र राष्ट्रियसभाको अर्को बैठक जेठ १ गते साँझ ५ः३० बजे राखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार